प्रधानमन्त्री ओलिले गर्दैछन् राष्ट्रका नाममा सम्बोधन

काठमाडौं l प्रधानमन्त्री केपि शर्मा ओलिले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलिले ५:३०बजे राष्ट्रका।नाममा सम्बोधन गर्ने छन्। उक्त सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ। सम्बोधनमा पछिल्लो पटक देखिएको कोरोना संकट र विदेशमा रहेका नेपालीको व्यवस्थापन बारेको विषय हुन सक्ने अनुमान गरिएको छ। यस्तै, आज ५ बजे मन्त्रीपरिषद्को बैठक पनि बस्ने सल्लाहकार थापाले जानकारी दिए। मन्त्रीपरिषद्को बैठक पश्चात् सम्बोधन हुनेछ।

pokhara internet
Comments
Loading...