ICAS
Rara

कास्कीको सल्यानमा फुटबल मैदाननिर्माण कार्य सुरु

पोखरा । कास्की अन्नपुर्ण गाउँपालिका ४ सल्यानमा सांसद विकास कोषको रकम बाट फुटबल मैदाननिर्माण कार्य सुरु गरिएको छ ।कास्कीनिर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधी सभामाप्रतिनिधीत्वगर्ने युवातथा खेलकुदमन्ञी समेत रहेका जगत बहादुर विश्वकर्मा (सुनार)को स्थानियपुर्वाधार विकास कार्यक्रमअन्तरगत मैदाननिर्माण कार्य सुरु गरिएको निर्माण समितीका सल्लाहाकार विष्णु केसीले जानकारी दिए ।

सल्यान स्थित प्रगतीशिलमाविको खेल मैदान सहित स्थानिय ८ जनाजग्गादाताले दिएको जग्गामा फुटबल मैदानबनाउनलागिएको केसीले बताए । पुर्वाधार विकास कार्यक्रमअन्तरगतप्राप्त १० लाख सहित, प्रगतीशिलमावीको १० र युवातथा खेलकुदमन्त्रालय बाट प्राप्तहुने १० लाखगरि ३० लाखखर्च गर्ने गरि काम सुरु गरिएको केसीले बताए ।

govnotice
parichay

उक्त मैदान सके सम्म स्तरिय फुटबल मैदानको रुपमाविकास गर्ने लक्ष्य सहितनिर्माण कार्य सुरु गरिएको केसीको भनाई छ । “यो वडामा स्तरिय खेल मैदानपनिथिएन, विद्यालयलाई समेत आवश्यक पर्ने भएकोले यसलाई खेलाडी उत्पादनगर्ने मैदानको रुपमाबिकास गर्छौ” उनले भने । मैदानको कामलाई गतिदिनआज बाट नै डोजरको समेत प्रयोग गरि मैदान सम्याउने कामथालिएको छ ।

मैदाननिर्माणको काम सम्पन्नगर्न राम कृष्ण क्षेत्रीको अध्यक्षतामा ९ सदस्यियउपभोक्ता समिती गठन समेत गरिएको छ ।

pokhara internet
Comments
Loading...