NMB Bank

गण्डकी प्रदेश पर्यटन प्रबद्र्धन अभियान शुरु (फोटो फिचर)

पोखरा/

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा आजदेखि पर्यटन प्रबद्र्धन अभियान सञ्चालन शुरु भएको छ । यो अभियान असोज १६ गतेसम्म चल्नेछ । अभियानको नेतृत्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालले गरेका छन् ।

अभियानमा सरकारी कर्मचारी, पत्रकार, कलाकार, पर्यटन व्यवसायिक तथा उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, लगायत विभिन्न क्षेत्रका ५० जनाको सहभागिता छ ।

अभियानमा सहभागी टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले विदाई गरे । सो अवसरमा गुरुङ्ले गण्डकी प्रदेशको पर्यटनको आधार भनेको प्रकृति र संस्कृति भएकोले सोही अनुसार प्रचारप्रसार गर्न सुझाब दिए ।

अभियानको नेतृत्वकर्ता तथा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको सम्बृद्धिको आधार भनेको पर्यटन भएकाले यस वर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक भित्राउने दावी सहित अभियानको शुरुआत गरे ।

पोखरा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले यस प्रदेशको पर्यटन विकासमा मात्रै नभई पर्यटन विकासमा देखिने चुनौतीको पनि सरकारसँगै सामना गर्न आफुहरु तयार रहेको बताए ।

कार्यक्रममा गायक प्रकाश सपूत, रामजी पौडेल र कृष्ण अखेलीले गीत प्रस्तुत गरेका थिए ।

विश्व पर्यटन संघले यस वर्षको दिवसको नारा ‘पर्यटन र रोजगारी : भविष्यमा सवैलाई लाभकारी’ सार्वजनिक गरेको छ ।

अभियानले सरकार र व्यवसायिक प्रतिष्ठान वीचमा व्यापारिक सहकार्य, व्यापारीहरु विचको अनुभव साटसाट, फोटो प्रर्दशनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम सञ्चालन गर्नेछ । अभियानको क्रममा वाटोमा पर्ने तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौडा, धनुषाको जनकपुरधाम, सुनसरीको धरान र झापाको विर्तामोडमा पनि साक्षात्कार गर्नेछ ।

अभियानमा खासगरी प्रादेशिक सरकारका साथै निजि क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु वीच व्यापारिक वार्तालाभ, अनुभव आदान प्रदान तथा अन्य व्यवासयिक कार्यक्रमहरु तय गरिनेछ । साथै गण्डकी प्रदेश सरकारले प्रदेश नंं। १, २, ३, ५ का प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत सरकारी, गैर सरकारी निकायहरु लगायत स्थानीय जनतालाई मन्त्री विकास लम्सालले गण्डकी प्रदेश भ्रमणका लागि चुल्है निम्तो दिनेछन् ।

यसैगरी सरकार र सम्वन्धित क्षेत्रका पर्यटन व्यवसायीहरुको व्यवसायीक साझेदारी तथा सहकार्यको वार्तालाभ हुनेछ भने चर्चित कलाकारहरुले गण्डकी प्रदेशको सांस्कृतिक पक्ष झल्काउने नाचगानहरु प्रस्तुत गर्नेछन् ।

गण्डकी क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा सहासिक गतिविधिको तस्विरहरु पोखरा फोटो पत्रकार संघले आयोजना गर्नेछ । फोटो प्रर्दशनी मार्फत यस प्रदेशको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, सहासिक पर्यटन गतिविधिका सुन्दर दृष्यहरुको प्रर्दशनी गरिनेछ । साथै अभियान टोलीसँग स्थानीय पत्रकार भेटघाटको कार्यक्रम समेत हुनेछ ।

यस अभियानको प्रमुख लक्ष्य आन्तरिक भ्रमण वर्ष २०१९ को अवसरमा नेपालका प्रमुख शहरहरुमा गण्डकी प्रदेशको बारेमा प्रचार प्रसार गर्न, गण्डकी प्रदेशका पर्यटकीय आर्कषणहरुको बारेमा आन्तरिक पर्यटकहरु माझ प्रवद्र्धन गर्न र गण्डकी प्रदेश तथा नेपालका प्रमुख शहरहरुका पर्यटन व्यवसायीहरु बीचमा व्यवसायीक सम्बन्ध स्थापित गर्नु रहेको मन्त्री लम्सालले जानकारी दिए ।

यस प्रदेशमा लगभग १०१ जातजातीका मानिसहरुले लगभग ८४ किसिमका भाषा वोल्दछन् ।

गण्डकी प्रदेशका यिनै विशेषतालाई सम्वोधन गर्दै गण्डकी प्रदेश सरकारले आ।व २०७४।७५ को नीति तथा कार्यक्रम मार्फत पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता राख्दैे सन् २०१९ देखि २०२२ सम्मलाई गण्डकी प्रदेश पर्यटन वर्षको रुपमा मनाउने बिषय उल्लेख गरेको थियो ।

 

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?