ICAS

फागुन २३ गतेदेखि प्रथम कास्की कृषि तथा पर्यटन महोत्सव हुने

राजु गिरी, पोखरा । साझा सहारा नेपालको आयोजनामा यहि फागुन २३ गतेदेखि प्रथम कास्की कृषि तथा पर्यटन महोत्सव हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । २७ गतेसम्म संचालन हुने महोत्सव पोखराको बगर टुडिखेलको खेलमैदानमा हुनेछ ।

कृषि तथा हस्तकला सामानको प्रोत्साहन, मौलिक कला र संस्कृतिको संरक्षण, प्रतिभा प्रस्फुटनका साथमा कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको सहारा नेपालका अध्यक्ष भिमसेन नेपालीले बताए । यसका साथै अनाथहरुका लागि देशकै नमूना आश्रमको निर्माण गर्न लागिको समेत उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Parichay
Infomatics

महोत्सवको पहिलो दिन झाँकी प्रदर्शनी प्रतियोगिता, दोश्रो दिन पञ्चेबाजा प्रतियोगिता, तेश्रो दिन स्पीक आइडल, चौथो दिन गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण र अन्तिम दिन विशेष फागु पुर्णिमा कार्यक्रमका साथमा रात्री कार्यक्रम हुने कार्यक्रमका संयोजक बाबुराम नेपालीले बताए । प्रतियोगिताका उत्कृष्टहरुलाई नगद पुरस्कारको व्यवस्था र छात्रवृत्तिका लागि कास्कीका विभिन्न क्षेत्रबाट ३ सय गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । ७० वटा स्टल रहने महोत्सवमा कृषि, हस्तकला, संस्कृति तथा पर्यटनलाई महत्व दिईएको नेपालीले बताए । साथै महोत्सवमा साँस्कृतिक तथा हास्यव्यंग्य कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सव सम्पन्न गर्न ३० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सव अवलोकन गर्नका लागि प्रवेश शुल्क ५० रुपैया निर्धारण गरिएको आयोजकले जानकारी दिएको छ ।

pokhara internet
Comments
Loading...