Parichay add

पोर्चुगलमा नविनले गरे नेपालीहरुलाई खानाको सहयोग गर्ने घोषणा

पोखरा । हेम्जाका युवा व्यवसायी नविन तिम्सिनाले पोर्चुगलको लिस्वनमा रहेका नेपालीहरुलाई निशुल्क रुपमा खाद्यान्न उपलव्ध गराउने वताएका छन् । कारोना भाइरस (कोभीड १९) का कारण पार्चुगल एतिवेला लकडाउनमा रहेको छ । करिव एक हप्ता अगाडी देखि त्यहाँ रहेका सवै कम्पनी तथा कामहरु वन्द भैसकेका छन् ।

नेपालबाट गएका नेपालीहरुलाई आफुले खाद्यान्न सामाग्री सहयोग गर्न लागेकोले कोही नेपाली यहाँ नयाँ हुनुहुन्छ भने खानाको समस्या या अन्य केही समस्या परेमा आफुलाई खवर गर्न आफ्नो फेसवुकमा एक भिडयो मार्फत आह्वान गरेका छन् ।

roma

उनी भन्छन् जहाँ जहाँ हामी नेपाली रहेका छौ त्यहीबाट सहयोग गर्न अपिल समेत गरेका छन् । भविष्य कस्तो हुने छ हामीलाई थाहाँ छैन तर यो नियन्त्रण भन्दा वाहिर छ हामी सचेत रहनु पर्ने एकले अर्कोलाई सहयोग गर्नुको विकल्प नरहेको उनी वताउछन् ।

ICAS

कोरोना भाइरसका कारण पोर्चुगल अहिले समस्यामा छ । यस्तो आपतका वेलामा जो जहाँ र्छौ त्यही बाट सहयोग गर्न तिम्सीनाले आग्रर्ह समेत गरेका छन् । पोर्चुगलमा व्यवसाय संचालन गरेका नविन तिमिल्सीना कलाकार समेत रहेका छन् ।

pokhara internet
Comments
Loading...