वृद्धहरुलाई खाना खुवाउँदै मनकारी मनहरु

राजु गिरी, पोखरा । राज्यमा भएको लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या उत्पन्न भैरहेको छ । विशेषगरि दैनिक ज्यालादारी गर्नेहरु मर्कामा परेका छन् । लकडाउन लम्विदै जाँदा शहरबजारमा कोठा भाडा लिएर बस्नेहरुलाई पनि अव कसरी चल्ने भैरहेको छ । तर यस्तो समस्यामा पनि भगवती कार्की र सन्तोष थापाले वृद्धाश्रममा बस्ने वृद्धहरुलाई खाना खुवाएका छन् । पोखरा ६ मालपोत नजिकै सानो रेष्टुरेण्ट संचालन गर्दै आएकी भगवती र सन्तोष दिदिभाई हुन् ।

कोठा भाडा तिर्न समस्या भैरहेकै अवस्थामा पनि आफ्नो मनलाई सन्तुष्ट पार्न यस्तो कार्य गरेको कार्की बताउँछिन् । उनी भन्छिन्– ‘यहाँ आएर आफैले पकाएर वृद्ध बुबाआमालाई खुवाउँन पाउँदा मनमा आनन्दकोल महसुस हुन्छ । बुबाआमा भनेका पनि भगवान हुन् । यिनलाई सधै सम्मानका साथ राख्नुपर्छ ।’ आफुले जति सकिन्छ त्यती सहयोग गरिरहने प्रतिवद्धता समेत कार्कीले गरिन् ।

roma

मनकारी मनहरुले गर्दा नै वृद्धाश्रम चलेको पोखरा वृद्धाश्रम समितिका सदस्य श्रीनाथ आचार्यले बताए । वृद्धाश्रममा रहने ४८ जना जेष्ठ नागरिकलाई उच्च व्यवस्थापनक साथ राखिएको समेत उनले बताए । त्यस्तै वृद्धाश्रमका स्वास्थ्य निरिक्षक शिशिर केशव पराजुलीले जेष्ठ नागरिक भएकाले उनीहरुको स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने बताए । साथै आश्रममा औषधिको अभाव हुँदै गएको जानकारी दिए । यो अवस्थामा महानगरले सहयोग गरिदिए हुन्थ्यो भन्दै उनले भने– ‘महानगरबाट औषधिका माग गरेका थियौं तर कुनै सुनुवाई भएन । महानगरले यस तर्फ ध्यान दिए हुन्थ्यो ।’

ICAS
parichay

आश्रममा रहेका जेष्ठ नागरिकलाई खाना आफैले पकाएर खुवाउनका लागि कार्की दिदिभाईकासाथमा मोहनबहादुर केसी, बबिता कार्की र अनिता कार्की पुगेका थिए । वृद्धलाई खुशी बनाउन नाचगान समेत यो समूहले गरेको थियो ।

pokhara internet
Comments
Loading...