सहारा क्लब पोखराको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, प्रकाशलाई उत्कृष्ट सदस्य पुरस्कार

पोखरा । ‘मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मुल मन्त्रका साथ स्थापित सहारा क्लब पोखराले आफ्नो २२ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सम्पन्न श्रेष्ठले अब सहाराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । ‘गण्डकी प्रदेशले खेलकुद मन्त्री पाएको हुनाले नै अहिले धेरै खेलकुद पूर्वाधारहरूको निर्माण सम्भव भएको छ,’ उनले भने, ‘अब सहाराले यी पूर्वाधारहरूमा खेलाडी उत्पादन गर्दै गण्डकी प्रदेशको फुटबलको भविष्य माथि उठाउनुपर्छ ।’

roma

उनले सहाराले गरेको योगदानको जति प्रशंसा गरे पनि कम हुने भन्दै नयाँ परियोजना निर्माण गरेर अघि बढेमा राखेपले त्यसमा सदैव साथ दिने बताए ।

ICAS

कोभिड १९ को महामारीका बीच पनि क्लबले आफ्नो संस्थाको वार्षिकोत्सव कार्यक्रमलाई निरन्तरता दिँदै रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए । गंगाराज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा ५८ औं पटक कृष्ण प्रसाद तिवारीले रक्तदान गरेका छन् भने ४ जना महिलाले समेत रक्तदान गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

parichay

सो अवसरमा रक्त सञ्चार केन्द्रका प्राविधिक अधिकृत महेन्द्र बहादुर केसीलाई संस्थागत रक्त संकलन प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, विरभद्र आचार्य, प्रथम उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको सहभागिता रहेको क्लबले जनाएको छ ।

सहारा उत्कृष्ट सदस्य पुरस्कार प्रकाशलाई 

सहारा उत्कृष्ट सदस्य पुरस्कारबाट यस वर्ष क्लवका सदस्य प्रकाश राना मगर सम्मानित हुने भएका छन् । क्लबले हरेक वर्ष प्रदान गर्दै आएको सहारा सदस्य उत्कृष्ट पुरस्कारबाट यस वर्ष राना सम्मानित हुने भएका हुन् ।

क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा क्लबको यही भदौ २३ गते बसेको बैठलले उक्त निर्णय गरेको क्लबले जनाएको छ । रानाले क्लबमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै क्लबले २२ औं वार्षिकोत्सव अवसरमा यही भदौं ३० गते सम्मान गर्ने भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । २०७२ सालदेखि क्लब आबद्ध रानालाई सम्मानपत्र सहित दोसल्ला र मायाको चिनोबाट सम्मानित गरिने भएको छ ।

यसैबीच उक्त अवसरमा पत्रकार इन्द्र प्रसाद पौडेललाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।

pokhara internet
Comments
Loading...