ICAS
Rara

१२ औं रोटरी डिष्ट्रिक कन्फरेन्स माघ २४ देखि पोखरामा हुने

एलिजा क्षेत्री, विद्यार्थी पत्रकार 

पोखरा / रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १२ औँ डिष्ट्रिक कन्फरेन्स यहि माघ २४ देखि २६ गतेसम्म पोखरामा हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक रोटरी क्लब अफ पोखराले कन्फरेन्स नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने जानकारी गराएको हो ।

डिष्ट्रिक कन्फरेन्समा नेपाल,भुटान,जापन,ताइवान,अमेरीका तथा स्वीडेन लगाएत विभिन्न मुलुकहरुबाट करिब २५०० भन्दा बढि रोटरीयन र परिवारहरु सहाभागि हुने क्लबका अध्यक्ष गोपाल ध्वजुले बताए । उनका अनुसार डिष्ट्रिक कन्फरेन्समा सहभागिहरुबिच फेलोसिप, विभिन्न विषयका अनुभवि विज्ञ वक्ताहरुको प्रस्तुति, छलफल मार्फत रोटरीयन र उनका परिवारहरुलाई नयाँ ज्ञान,अनुभव भेटघाटका साथै आत्मियता र असल भाइचाराको सम्वन्ध विकास गर्ने अवसर प्रदान गरिने छ ।

कन्फरेन्समा प्रमुख अतिथिको रुपमा रोटरी इन्टरनेशनलका पे्रसिडेन्ट नोमिनी शेखर मेहेता,रोटरी इन्टरनेशनलका प्रतिनिधि एन विसेट एसवोल, नेपाल सरकार परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, पर्यटनमन्त्री योगेश भटृराइ, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ लगाएत विभिन्न मन्त्रीहरु,विश्वका उच्च तहका रोटरीयन, विभिन्न देशका राजदुुतहरुको उपस्थिति रहने आयोजकले जानकारी गराएको छ ।

parichay

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ समेतलाई ध्यानमा राखी कन्फेरन्सको प्रवर्धन गर्ने उद्देश्यले माघ २३ गते काठमाडौं देखि पोखरा सम्म करिब ६० भन्दा बढीको संख्यामा कार ¥याली गरिने ध्वजुले बताए । सोहि दिन पोखराको रङ्गशालामा गभनर्स सुपर सिक्स कप क्रिकेट खेल समेत गराइनेछ । उक्त खेलमा नेपाल भरका क्रिकेट खेलाडी रोटरिनयहरुले भाग लिने छन् ।

डिष्ट्रिक कन्फेरेन्स सफल पार्नका लागि रोटरी क्लव पोखराका अध्यक्ष गोपाल ध्वजुको नेतृत्वमा १३ सदस्यीय मुल आयोजक समिति र २९ वटा विभिन्न उप समितिहरु गठन गरिएको छ । कन्फरेन्सको ८० प्रतिशत काम सम्पन्न भएको आयोजकले जानकारी गराएको छ ।

पोखराको पर्यटन प्रवर्धनमा समेत कन्फरेन्सले सहयोग पु¥याउने आयोजकको विश्वास छ ।

रोटरी मानवीय र समाजिक सेवाका क्षेत्रमा स्थापित संस्था हो । रोटरी विश्वभरी छरिएर रहेका व्यापार तथा विभिन्न पेशा व्यावसायमा आबद्द व्यक्तिहरुको सामुहिक संगठन हो । रोटरी अभियानका क्रममा नेपालमा पहिलो रोटरी क्लव सन् १०५९ मा स्थापना भएको थियो । हाल नेपालमा १२४ र भुटानको १ गरी कुल १२५ रोटरी क्लबहरु रोटरी डिष्ट्रिक ३२९२ मा आबद्ध छन् । विश्वका २०० मुलुकहरुमा ३६ हजार भन्दा बढी रोटरी क्लवहरु र १ सय २५ लाख भन्दा बढी रोटरियनहरु पोलियो उन्मुलन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विभिन्न मानवीय र सामाजिक सेवाका क्षेत्रमा संलग्न हुँदै आएका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?