ICAS
Rara

रोटरीका स्वास्थ्य शिविरमा स्टार अस्पतालको सहयोग

काठमाडौँ । रोटरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा रोटरी इन्टरनेसनलले इतिहासविद् तथा वाङ्‍मय सताब्दी पुरुष सत्यमोहन जोशीसहित आफ्ना २५ वर्ष पुराना सदस्यहरुलाई सम्मान गरेको छ ।

सोही कार्यक्रममा ललितपुरको सानेपामा रहेको स्टार अस्पतालले जोशीलाई सम्मान गर्दै अस्पतालका सम्पूर्ण सेवा सुविधा निस्शुल्क प्रदान गर्ने घोषणा समेत गरेको छ । सोही अवसरमा आयोजित कार्यक्रमबीच रोटरी ईन्टरनेसनलसँग स्टार हस्पिटलले रोटरीले नेपालमा गर्ने हरेक स्वास्थ्य शिविरका लागि सहयोग गर्ने एक सम्झौत पनि भएको थियो ।

govnotice
parichay

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन तथा प्रबन्ध निर्देशक डा.शैल रुपाखेती र रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ तर्फबाट डिस्ट्रीक्ट गभर्नर किरणलाल श्रेष्ठ र डिस्ट्रीक्ट गभर्नर ‘ईलेक्ट’ राजिव पोखरेलले हस्ताक्षर गरेका थिए ।

स्टार अस्पतालका प्रबन्ध निर्देशक डा.शैल रुपाखेतीका अनुसार रोटरीले नेपालमा विभिन्न स्थानमा गर्ने स्वास्थ्य शिविरमा अब अस्पतालले आफ्ना चिकित्सक, प्राविधिक तथा औषधिहरु पठाएर सहयोग गर्ने छ । यस्तै रोटरीका डिस्ट्रीक्ट गभर्नर किरण लाल श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहज पहुँच पुर्‍याउने उद्येश्य अनुरुप नै स्टार हस्पिटलसँगको सहकार्य गरिएको बताए।यस्तै अस्पतालले रोटरीका सबै सदस्यको उपचारमा सहूलियत प्रदान गर्ने समेत घोषणा गरेको थियो ।

pokhara internet
Comments
Loading...