बालबालिकालाई अनलाइन कक्षा होइन व्यवहारिक सिप (अन्तर संवाद)

रिना पौडेल

पोखरा / 

roma

हामी लगभग शैक्षिक सत्रको अन्त्य तथा सुरु हुने समयमा थियौं कोरोनाको त्रास सुरु भै हाल्यो अनि लकडाउन । केहि समय पछिको लकडाउन पछि केही खुकुलो हुने कुरा सुनिदै भएपनि र लकडाउन खुले पनि बिद्यालय खुल्ने सम्भावना निकै कम देखिएको कुरा बिभिन्न माध्यमबाट सुनिदै थियो । यसै बीच अनलाईन कक्षाहरु संचालन गर्ने बिषयमा बहसहरु आइरहेका थिए । कोहि पक्षमा त कोहि बिपक्षमा आफ्ना बिचारहरु राख्दै हुनुहुन्थ्यो ।अहिलेको समयमा ज्यान जोगाउनु अनि रोग बाट बच्नु ठूलो कुरा मानिरहेको बेलामा केही महिना बालबालिकाहरुको पठनपाठन रोकिएर खासै फरक नपर्ने अवधारणाहरु समेत आउँदै थिए । बन्दाबन्दीको यतिका दिन सम्मको अवस्थामा समेत कतिपय प्रकाशकले पाठ्यपुस्तक छापेका छैनन् । कतिपय बिद्यालयले परीक्षाफल प्रकाशन गर्न सकेका छैनन् । तर, अहिले नियमित पठनपाठन गर्न नसकिएको भएपनि बालबालिकाका निम्ति यो अनुत्पादक समय भने पक्कै होइन । विद्यालयमा उनीहरुले औपचारिक शिक्षा लिने हो । जबकी घरमा बसेर उनीहरुले जीवनोपयोगी शिक्षा लिन सक्छन् । जीवन र जगतलाई बुझ्न सक्छन् । आफ्ना परिवार र अभिभावकको निकट रहेर धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न सक्नेछन् । यस्तो मेरो धारणा बन्यो । केही आईटी एक्सपर्ट सँगको सल्लाहमा म पनि अनलाईन कक्षा संचालन गर्ने निधो गरें ।

ICAS

पहिलो कार्य आफ्ना अभिभावक सँग बिद्यालयमा पठन—पाठनको बिषयमा भलाकोसारीका लागि जूम अनलाईन मिटिङ आयोजना गरें । सबैको सल्लाह मिल्यो । विद्यालय सुचारु हुन समय लाग्ने देखिएको छ । त्यसैले यो कैयौं जन्ममा समेत नपाईने र मिलाउन समेत नसकिने समयलाई नकारात्मक होइन सकारात्मक रुपमा लिएर अघि बढौं भन्ने सुझावहरु पाए । बरु सबै मिलेर यो समयलाई बालबच्चा र अभिभावकको लागि प्राप्त स्वर्णीम अवसरको रुपमा परिणत गरौँ । हामी सहयोग गर्छौं तपाई कक्षा चलाउने तयारी गर्नुस भन्ने आश्वासन अभिभावक बाट पाए । यस समयको सदुपयोग गर्दै हामी अनलाईन कक्षामा आफ्ना घरमा भएका मोवाइल कम्प्युटर वा इण्टरनेट चल्ने टिभी बालबालिकाहरुका लागि केही समयका लागि दिएर उनीहरु सँगै रहेर उनीहरुलाई सिकाउँदै हामी पनि सिक्ने छौं, अभिभावकको सहयोग पाइयो ।

म कार्यरत संस्था क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डर वल्र्ड पोखराको लेकसाइडको ठाडो पसलमा छ । यहाँ पछिल्लो १५ दिन देखि लकडाउनको समयमा अनलाईन कक्षा संचालन भइरहेको छ । वास्तवमा यो शिक्षा भन्दा पनि जीवनोपयोगी अनि व्यवहारिक सीप र ज्ञान थियो भन्न म रुचाउँछु । यस अवधिमा बालबालिकाहरुलाई हरेक दिन २ घण्टा म कम्प्युटर अगाडी उभिएर त कहिले बसेर कक्षा चलाएँ ।जसमा पहिलो ५ दिन योगा, अनि बाँकिको १० दिन आर्ट, क्राफ्ट, घरमा अपनाउनु पर्ने आचार संहिताहरु, घरेलु कामकाजहरु साथमा अभिभावक र बालबालिकाहरुबीचको व्यवहार सुमधुर पार्न अनेकौ सुझावहरु समेत समाबेश गरि कोर्ष बनाई प्रशिक्षण गराईयो । मेरो यो प्रयासले अनलाईन कक्षा ठूला मानिसको लागि मात्र उपयुक्त छ तर साना बाबुनानीहरुले यसबाट सिक्न सक्दैनन् भन्ने अभिब्यक्तिहरु दिनेहरुका लागि चुनौती साबित भयो । मैले सफलतापुर्वक कक्षा पूरा गरें । यस प्रकार संचालन भएको कक्षाबाट बालबालिकाहरु रमाउन सके भनें अभिभावक समेत खुशी हुनु भयो ।

parichay
                                                                                 Rina poudel

सुरुबाटै मेरो एउटै सोंच थियो कि, जब बालबालिकाहरुले युट्युवबाट समेत सिक्न सक्छन् भने आफ्ना शिक्षकले प्रत्यक्ष सिकाउँदा सिक्न नसक्ने कुरै हँुदैन । तर मन त हो शंका गरि नै हाल्छन् । मलाई लागेको थियो कि,यस प्रकारको कक्षा न त मैले कहिले चलाएकी थिएँ न त लिएकै थिएँ केही असहज हुने होकि भन्ने लागेता पनि सजिलै सिकाउन सकिँदो रहेछ भन्नेमा अव बिश्वस्त भएकी छु । यसमा बालबालिका मात्र नभई बाबुआमा तथा घरका अन्य सदस्यहरुले समेत सिक्न सक्नु भयो । साना बाबुनानीहरु अहिलेको समयमा प्रविधि मैत्रीभइसकेका रहेछन् सबै कुरा सहज रुपमै ग्रहण गर्न सकेका थिए । आफ्ना बाबुनानीहरुको नयाँ कक्षामा हुने पढाईका पुस्तकहरु नआईसकेको बेलामा गतबर्षकै पुस्तकलाई आधार मानेर गृहकार्य दिँदा पनि बालबालिकाहरुले सोहि दिन गृहकार्य पुरा गरि बिद्यालयमा बिभिन्न सोसल साईटहरुको माध्यमबाट बुझाएका थिए ।

कोर्षको अन्तमा यस प्रकारको सराहनीय कार्यक्रमबाट आफूहरु मण्टेश्वरीमा जोडिदा गर्व महसूस भएको कूरा अभिभावकहरुले व्यक्त गनुभयो । म जसरी पनि बालबालिकाहरुको शैक्षिक स्तरोन्तीमा लागिरहने र आउँदा दिनमा अझै ससक्त रुपमा पठनपाठनलाई लग्ने कुराको प्रतिबद्धता यसै अन्तर सम्वाद मार्फत गर्न चाहन्छु । साथै सम्पूर्ण अभिभावकलाई धन्यवाद दिन्छु ।

तर केहि सुझावहरु पनिछन् मेरै भोगाई बाट ।

  • जुम अथवा अन्य जुनसुकै संसाधन प्रयोग गरि बिद्यार्थी जम्मा गरेर एकतर्फी रुपमा बोलिरहने गर्दा कक्षाहरु मोनोटोनस हुँदा रहेछन् त्यसैले समय समयमा दोहोरो बार्ता गर्नु पर्ने रहेछ ।
  • घरमा द्रूतइन्टरनेटको सुविधा नहँुदा अनि घरमा सिमित स्रोतसाधन हुनु अनि प्रयोग कर्ता बढी हुनु पनि समस्या बन्दो रहेछ ।
  • कतिपय बेलामा शिक्षक अनलाईन कक्षाको लागि तयार नहँुदा अनि अनलाईन पोर्टल संचालन गर्न नजान्दा समस्या हुँदो रहेछ ।
  • बिद्यार्थीको भिडियो अफभयो भने अनलाईन पढेको जस्तो गर्ने तर उनीहरु अन्यएप्समाव्यस्त रहन समेत सक्दा रहेछन् । अनलाईन कक्षाको बहानामाबिद्यार्थीहरु ईन्टरनेटको दुरुपयोग गरिरहेका समेत हुँदा रहेछन् ।
  • साथीहरु अनलाईन कक्षामापढिरहेको थाहापाएपछिबालबच्चाहरुले अभिभावकहरुलाई ईन्टरनेट, मोबाईल या कम्प्युटर किन्नदबाबसमेत दिन सक्दा रहेछन् ।

जुनसुकै कुराको पनि सकारात्मक एवं नकारात्मक दुबै पाटोहरु हुने गर्दछन् तर हामी अघि बढ्नु छ भने सकारात्मक पक्षलाई लिएर अघिबढ्नु पर्दछ ।
यहाँ म मेरो कक्षाबाट बालबालिकाहरुले सिकेर गरेका कामका केही परिणामहरु राखेकी छु ।

 

 

लेखक क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवल्र्ड, ठाडोपसल, जरेवर लेकसाईड कीम्यानेजिङ डाइरेक्टर हुन् ।

 

 

pokhara internet
Comments
Loading...