NTHMC

यार तर कसैले पनि मलाई यहाँ एउटा राँको दिएन

-रेजिना कटुवाल

बिरामी बा दोसाँधमा पुग्दा समेत छोराले चासो दिएन ,
कति निर्दय ! मरेपछि पनि घाटमा आएर आगो दिएन ।

roma

मध्य रातमा चिहान छेउमा बिस्तारै हिँडिरहेको थिएँ ,
मसाने भूतले हो अथवा मान्छेले मलाई बाटो दिएन ।

ICAS
parichay

विदेशबाट बाँधेर प्रियालाई चिठी पत्र पठाउने मन थ्यो ,
दुःखको कुरा यो छ कि माग्दा साथीले डोरो दिएन ।

ठूलो सपना थियो सीमा मिच्नेका हातगोडा काटिदिने ,
तर के गर्नु ! आफ्नै भाइले खुकुरी अनि अचानो दिएन ।

जलाइदिऊँ जस्तो लागेको थियो जोर जुलुमका महल ,
यार तर कसैले पनि मलाई यहाँ एउटा राँको दिएन ।

pokhara internet
Comments
Loading...