ICAS
Rara

प्रेमी सन्दीपसँग रेश्माले कसिन लगनगाँठो

चलचित्र ‘कबड्डी’बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी नायिका रेश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । शुक्रबार पोखरामा उनले प्रेमी सन्दीप गुरुङसँग लगनगाँठो कसेकी हुन् ।

उनको बिबाहमा चलचित्र क्षेत्रा व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको थिएन । नजिकका परिवारको उपस्थितीमा उनले आफ्नो बिबाह गरेकी थिइन् ।

aama movie

पछिल्लो समय रेश्मा चलचित्र क्षेत्रबाट केही टाढा छिन् । उनले विभिन्न मिडियामा आफूलाई चलचित्र क्षेत्रमा खासै उत्साह नभएको बताउँदै आएकी थिइन । बिबाहपछि उनी चलचित्रमा देखिनेछिन् वा छैनन् धेरैको चासो बनेको छ ।

डेब्यु चलचित्र ‘कबड्डी’बाट नायिका रेश्मा गुरुङले निकै तारिफ पाइन् । यसै चलचित्रमा उनले विभिन्न अवार्डहरु पनि उचाल्न सफल भइन् । चलचित्रमा उनले निर्वाह गरेको ‘मैया’ क्यारेक्टर निकै हिट थियो ।

कबड्डीको दोस्रो सिरिजमा पनि देखिएकी रेश्मा तेस्रो भागमा भने अथिती भूमिकामा मात्र देखिइन् । उनले ‘झुम्की’मा पनि अभिनय गरेकी छिन्‍ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?