NTHMC

ग्रीसमा शरणार्थी बोकेको डुंगा पल्टियो, १२ को मृत्यु

एजेन्सी
एथेन्स । ग्रीसको तटीय क्षेत्रमा आप्रवासी तथा शरणार्थी बोकेको डुंगा पल्टिँदा १२ जनाको मृत्यु भएको छ । ग्रीक अधिकारीहरुका अनुसार इयोनियन समुद्री तटमा यस्तो दुर्घटना भएको हो । १२ वटै शवको पोस्टमार्टम गरिनुका साथै उद्धारकार्य जारी छ । अधिकारीहरुका अनुसार २१ जनाको उद्धार भइसकेको छ ।

parichay

उनीहरुलाई स्वास्थ्य परीक्षणका लागि नजिकका अस्पताल लगिएको छ । अन्तर्रा्ष्ट्रिय मिडियाका अनुसार उनीहरु इटली छिर्ने प्रयासमा डुंगाबाट असुरक्षित र अवैध बाटो हुँदै गएका थिए ।

pokhara internet
Comments
Loading...