ICAS

आजको राशिफल ( शुभ समय र राहुकाल समय सहित )

पोखरा । आज मिति २०७६ साल फागुन महिनाको १४ गते बुधबार तदानुसार २६ फेब्रुअरी सन् २०२० चिल्लाथ्व श्रीशाके १९४१ नेपाल सम्बत् ११४० फाल्गुनशुक्लपक्ष ।

आज सुर्योदय बिहान ६ः३४ बजे भयो भने सुर्यास्त साँझ ६ः०१ बजे हुनेछ । आज चन्द्रमा मीन राशिमा परेकाले पश्चिम र उत्तर दिशाको यात्रा सफल रहनेछ ।

Parichay
Infomatics

राशिफल  :

मेष : खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ । काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ । भैपरी आउने समस्याले खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

वृष : आम्दानी मनग्गे हुनेछ तर फजुल खर्च बढ्नाले अर्थ सञ्चय नहुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । काम गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला ।

मिथुन : कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट : जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला । धेरै फाइदा नभए पनि भाग्यले केही अवसर थमाउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । अरूको विश्वास गर्दा धोका हुन सक्छ ।

सिंह : अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

कन्या : रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ । लगनशीलताले विशेष अवसर प्राप्त हुनेछ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।

तुला : आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ । परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ । वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

बृश्चिक : काममा केही अलमल हुन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला ।

धनु : निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ । बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन् । बुद्धिको उपयोगले मात्र काम सम्पादन हुनेछ । महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ ।

मकर : पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ । अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

कुम्भ : आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मीन : काममा केही समय लागे पनि पहिलेको सफलताले हौसला जगाउनेछ । रमाइलो परिस्थितिको आनन्द प्राप्त हुनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन् । पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

आजको शुभसमय तालिका :
बिहान ६:४२ बजेदेखि बिहान ८ः०५ बजेसम्म लाभबेला
बिहान ८:०५ बजेदेखि पूर्वान्ह ९ः२९ बजेसम्म अमृतबेला
पूर्वान्ह ९:३० बजेदेखि पूर्वान्ह १०ः५४ बजेसम्म कालबेला
पूर्वान्ह १०:५५ बजेदेखि मध्यान्ह १२ः१८ बजेसम्म शुभबेला
अपरान्ह ४:३२ बजेदेखि साँझ ५ः५६ बजेसम्म लाभबेला

महत्वपूर्ण समय : बिहान ६ः४२ बजेदेखि बिहान ८:०५ बजेसम्म लाभबेला र बिहान ८:०५ बजेदेखि पूर्वान्ह ९:२९ बजेसम्म अमृतबेला भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी गर्दा राम्रो हुन्छ ।

राहुकाल समय : मध्यान्ह १२:०६ बजेदेखि दिउँसो १:४९ बजेसम्म राहुकाल समय भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी गर्दा राम्रो हुन्छ ।

pokhara internet
Comments
Loading...