NMB Bank

आजको राशीफल ( शुभ समय र राहुकाल समय सहित )

पोखरा । आज मिति २०७६ साल असोज महिनाको २१ गते मंगलबार तदानुसार ८ अक्टुबर सन् २०१९ कौलाथ्व श्रीशाके १९४१ नेपाल सम्वत् ११३९ आश्विनशुक्ल (दुर्गा) पक्ष ।
आज सर्योदय बिहान ६ः०० बजे भयो भने सर्यास्त साँझ ५ः४१ बजे हुनेछ । आज चन्द्रमा मकर राशीमा परेकाले पूर्व र दक्षिण दिशाको यात्रा सफल रहनेछ ।
राशीफल
मेष – आप्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार—व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ ।
वृष – अवसर प्राप्त गर्न चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । अस्वस्थताले काम गर्न समस्या पर्नेछ । शुभचिन्तकहरू टाढा हुनेछन् । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ ।
मिथुन – आकस्मिक समस्याले दौडधुप गराउन सक्छ । शुभचिन्तकहरूले अप्ठ्यारो समयमा साथ दिने हुँदा रोकिएको काम बन्न सक्छ । गोपनीयता बाहिरिनाले व्यावहारिक समस्या भने देखा पर्नेछन् ।
कर्कट -महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ । व्यावसायिक काममा आम्दानी बढ्नेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ ।
सिंह – लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
कन्या – अरूको मुख ताक्ने बानीले पछि परिनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । परिबन्धले व्याहारिक समस्या निम्त्याउन सक्छ ।
तुला – दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ । तत्काल योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । वचन पूरा गर्न नसक्दा बित्थैमा आलोचित भइनेछ
बृश्चिक – अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।
धनु -हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु बेस होला । बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ । बुद्धिको उपयोगले काम लिनुपर्ला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ ।
मकर – परिस्थितिवश आँटेको काम रोकिन सक्छ । खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्न सक्छ । अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन् । आफ्नो स्वामित्वका वस्तुमा भने अरूले दाबी गर्न सक्छन् ।
कुम्भ – छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । कामका लागि सरसापट वा कर्जा लिनुपर्ने हुन सक्छ ।
मीन – आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ ।

आजको शुभसमय तालिका ः
पूर्वान्ह १०ः२५ बजेदेखि पूर्वान्ह ११ः५५ बजेसम्म लाभबेला
पूर्वान्ह ११ः५६ बजेदेखि दिउँसो १ः२५ बजेसम्म अमृतबेला
दिउँसो १ः२६ बजेदेखि दिउँसो २ः५५ बजेसम्म कालबेला
दिउँसो २ः५६ बजेदेखि अपरान्ह ४ः२५ बजेसम्म शुभबेला
महत्वपूर्ण समय ः पूर्वान्ह १०ः२५ बजेदेखि पूर्वान्ह ११ः५५ बजेसम्म लाभबेला र पूर्वान्ह ११ः५६ बजेदेखि दिउँसो १ः२५ बजेसम्म अमृतबेला भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी गर्न उचित हुन्छ ।
राहुकाल समय ः दिउँसो ३ः३३ बजेदेखि अपरान्ह ५ः१७ बजेसम्म राहुकाल समय भएकाले उक्त समय कुनै पनि महत्वपूर्ण कामको थालनी गर्नु अनुचित हुन्छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?