Parichay add

दश वर्षकी बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको  छ । दश वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका–७ प्रगतिटोल बस्ने ५२ वर्षीया कोटिकाबहादुर दमाईलाई  प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको अवस्थामा करणीको आशय राखी यौन दुर्व्यवहार गरेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

pokhara internet
Comments
Loading...