वन मास्नेलाई कुनै पनि हालतमा छोडिदैन : वन कार्यालय कास्की प्रमुख श्रेष्ठ

राजु गिरी, पोखरा । 
हरियो वन, नेपालको धन’ कुनै बेलाको यो मुख्य नारा अहिले नारामा मात्रै सिमित भैरहेको छ । केही समय अगाडीसम्म नेपालमा घना जंगल त्यसमाथी लोभलाग्दो गरि डाँडाकाडाँ नै हरियो देखिन्यो । तर समय वित्दै जादाँ न डाडाँको संरक्षण हुन सक्यो न वनको । अहिले डाँडा वस्ती भैसकेको छ । त्यहाँ भएका हरिया रुखहरु विस्तारै काटिदै गएको छ । हरियो वन कहाँ छ भनेर खोज्नु पर्ने स्थिति सिर्जना भईरहेको छ ।

कास्की जिल्लामा पनि वन संरक्षण गर्न कठिन भैरहेको यहाँको वन डिभिजन कार्यालयले जनाएको छ । जिल्लामा रहेको वन संरक्षण, व्यवस्थापन, सदुपयोग र यसको विकासका लागि वन डिभिजन कार्यालय निरन्तर लागिरहेको छ । लकडाउन सुरु भएसँगै कास्कीमा कोरोनाका कारण अनुगमन गर्न कठिनाई पैदा भएकाले केही अप्ठेरो परिस्थिति सिर्जना भएको वन डिभिजन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठ बताउँछन् । उनी भन्छन् –‘ लकडाउनमा वन संरक्षण गर्न केही कठिनाई भए । मानिसहरु घरमै बस्छन् भन्ने थियो तर जंगल नजिकका वस्तीबाट रुख, दाउरा, थाक्रा ल्याउने निकै बढे । अत्याधिक गस्ती गर्नुपर्ने अवस्था सिर्जना भयो । केही समय वन जोगाउन धेरै कसरत गर्नु प¥यो । अनुगमन कम भएर होला लकडाउनमा रुखहरु काटेर बेचेको धेरै पाईयो । धेरैलाई कार्वाही पनि गरियो । सामुदायिक वन विकासको कार्यक्रममा अन्तरक्रिया गोष्टी गरिन्थ्यो, कसरी संरक्षण र सदुपयोग गर्ने सिकाईन्थ्यो तर अहिले कोरोनाका कारण समुदायस्तरबाटै लापरवाही भएको पाईयो ।’

roma

नेपालमा लकडाउन र कोरोना संक्रमणको अवस्थामा उजुरी धेरै आएकाले क्वीक रेस्पोन्स गरि कार्वाही प्रक्रिया अगाडी बढाईएको प्रमुख श्रेष्ठले बताए । वन संरक्षणको जिम्मा दिर्ईएको केही सामुदायिक वन संरक्षण समितिका मुख्य पदका मानिसहरुले नै लापरवाही गरेको पाईएको उनको भनाई छ । उनी भन्छन् –‘म कास्कीमा आईसकेपछि वन मास्नेलाई व्यापक कारबाही भएको छ । यसै कारणले होला मेरो सरुवाको माग आईरहेको छ । तर मैले वास्ता गरेको छैन । जे भएपनि वन मास्नेलाई कुनै पनि हालतमा छोडिदैन ।’

ICAS
parichay

कोरोनाका कारण शहर तथा विदेश रहने मानिसहरु गाउँघरमा आई कृषिमा लागेकाले यो वर्ष डाले घासको माग निकै भएको उनले जानकारी दिए । उनका अनुसार यो पटक विरुवा उत्पादनमा वृद्धि गरिएको छ । यसले संरक्षण पाएमा हरियाली हुने र वातावरणमा निकै राम्रो असर पर्ने उनको भनाई छ । उनका अनुसार यो असार, साउनमा उत्पादनको ८० प्रतिशत वितरण भई वृक्षरोपण भईसकेको छ ।

यस वर्ष ७० हजार ५ सय ६० विरुवा उत्पादन गरिएको सहायक वन अधिकृत कमल लम्सालले जानकारी दिए । उनका अनुसार त्यसमध्ये १० हजार विरुवा जडिबुटी उत्पादन गरिएको छ । सौन्दर्यका लागि प्रयोग गरिने विरुवाको माग पनि यसपाली धेरै बढेको उनको भनाई छ । उनी भन्छन् –‘यो पाली डाले घासको माग धेरै बढेको पाईयो । उत्पादन गरेको ३ दिनमै डाले घास सकियो । अघिल्लो वर्षमा १९ थरिका विरुवा उत्पादन गरिएको थियो भने यो वर्ष २४ थरिका विरुवा उत्पादन गरिएको थियो । उत्पादीत सबै विरुवा लगभग सकिने अवस्थामा छ । कोरोना तथा लकडाउनले गर्दा मानिसहरु गाउँमा गई कृषि गर्न थालेकाले विरुवाको माग धेरै भएको हो ।’

कास्कीमा ५ सयवटा सामुदायिक वन छन् । सबै वन समुदायकै जिम्मामा दिएर डिभिजन कार्यालयले वन संरक्षणकालागि समन्वय गर्दै आवश्यक सल्लाह सुझाव र अनुगमन गर्ने गरेको छ ।

pokhara internet
Comments
Loading...