NTHMC

रामघाटमा पानीको सतह बढ्यो (फोटो फिचर)

तटीय लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागको आग्रह

पोखरा / 

अविरल वर्षाका कारण रामघाटमा पानीको सतह बढेको छ । पानीको सतह बढ्दा स्थानिय त्रसित छन् । उनीहरुका अनुसार अहिलेसम्मकै दोस्रो पटक यस्तो अवस्था आएको हो । अहिले विस्तारै सतह घट्ने क्रममा रहेपनि राति बस्ती सम्मै पानी आएको स्थानियले बताएका छन् । यस्तै वर्षा भइराखे बस्ती डुबानमा पर्ने सम्भावना रहेको उनीहरु बताउँछन् । अहिले १५ फिट जति घटेको अनुमान गरिएको छ ।

roma

पछिल्लो २४ घण्टायता कास्की जिल्लामा सबैभन्दा बढी वर्षा जल तथा मौसम बिज्ञानले जानकारी गराएको छ । विभागका अनुसार कास्कीमा २४ घण्टायता २६८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

ICAS

यस्तै पछिल्लो एक घण्टामा मात्रै १५.८ मिलिमिटर वर्षा मापन भएको छ । विभागले वर्षा जारी रहने उल्लेख गर्दै तटीय लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

यस्तै, कास्कीको लामाचौरदेखि पुरुन्चौर जाने बाटो पहिरोका कारण अवरोध भएको छ । बेसीचोकमा गएको पहिरोले आवातजावतमा कठिनाइ भएको स्थानियले बताएका छन् । उक्त पहिरोले भोटीखोला खानेपानीमा समेत असर पुगेको जानकारीमा आएको छ ।

parichay

रामघाट तस्बिर :

लामाचौर पुरन्चौर बेसीचोकमा गएको पहिरोको तस्बिर :

तस्बिर : प्रकाश कोइराला

pokhara internet
Comments
Loading...