रमेशचन्द्र घिमिरेको बालकविता ‘मेरी बहिनी’

टिकी लाउँछु भन्छे
लाउँछु भन्छे फुली
सानी बहिनी मेरी
अहिले भई ठूली

आँसु झार्न छोडी
औँला चुस्न भुली
प्यारी बहिनी मेरी
अहिले भई ठूली

roma

साथी–सङ्गीसित
खेल्छे मिलिजुली
जाती बहिनी मेरी
अहिले भई ठूली

ICAS
parichay

पहिलेजस्तै अहिले
छैन लुरी लुली
फुच्ची बहिनी मेरी
अहिले भई ठूली

धेरै–धेरै पढी
छुन्छु भन्छे चुली
ज्ञानी बहिनी मेरी
अहिले भई ठूली ।

– रमेशचन्द्र घिमिरे

भोर्लेटार, लमजुङ

pokhara internet
Comments
Loading...