बिजुलीको उज्यालो (बालकविता)

कविता / 

लाल्टिन बाल्थे बाजेले
सिलोक पढ्ने बेलामा
लम्फा बाल्थिन् बज्यैले
पूजा गर्ने बेलामा

roma

अहिले भने बिजुली झलमल्ल भा´को छ
बाजे अनि बज्यैलाई रमाइलो ला´को छ
लाल्टिन र लम्फाको दिन बल्ल गा´को छ

ICAS

ढिब्री बाल्थे बाबाले
सामान खोज्ने बेलामा
पानस बाल्थिन् आमाले
दैलो पोत्ने बेलामा

parichay

अहिले भने बिजुली झलमल्ल भा´को छ
बाबा अनि आमालाई रमाइलो ला´को छ
ढिब्री अनि पानसको दिन बल्ल गा´को छ

लाइट बाल्थे दाजैले
गोठ जाने बेलामा
दियो बाल्थिन् दिदीले
भात खाने बेलामा

अहिले भने बिजुली झलमल्ल भा´को छ
दाजु अनि दिदीलाई रमाइलो ला´को छ
टर्चलाइट र दियोको दिन बल्ल गा´को छ ।

– रमेशचन्द्र घिमिरे

भोर्लेटार, लमजुङ

pokhara internet
Comments
Loading...