NTHMC

राखेप सदस्यमा सम्पन्न श्रेष्ठ मनोनित

पोखरा । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्यमा सम्पन्न श्रेष्ठ मनोनित भएका छन् । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष श्रेष्ठसहित युवा तथा खेलकुदमन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले ६ जनालाई सदस्यमा मनोनित गरेका हुन् ।  बाग्लुङ बिउँ–४ स्थायी ठेगाना रहेका श्रेष्ठ लामो समयदेखि खेलकुदको क्षेत्रमा सक्रिय छन् ।

parichay

यस्तै अन्य सदस्यमा चितवनका रिम रानाभाट, ओखलढुङ्गाका इन्दिरा निरौला, खेल संघको तर्फबाट काठमाडौँका अर्जुन केसी, चितवनका सुवास श्रेष्ठ र परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट नुवाकोटका गोविन्दप्रसाद भट्टराईलाई मनोनित गरिएको हो ।

pokhara internet
Comments
Loading...