ICAS

सुरक्षित रहनुहोस्, खानाको चिन्ता नगर्नुहोस् : बस्याल

पोखरा । पोखराका ब्यवसायी बिमल बस्याल र उनको परिवारले कोरोनाको कारण दैनिक मजदूरी गरी खाने करीब एक सय परिवारलाई निजी खर्चमा खाद्यान्न बितरण गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं १४ रातोडाँडाका सुकुम्बासी बस्तीमा बस्ने परिवारलाई लकडाउनको समयमा काम गर्न नसकेको र आयश्रोत नभएर खानाको समस्या पर्ने भन्दै बस्यालले राहत बितरण गरका हुन्।

Parichay
Infomatics

बुधवार रातोडाँडामा आफै गएर प्रत्येक घरको पहिचान गरी बस्यालले राहत बितरण गरेका छन् । बस्याल परिवारले प्रति घर १० किलो चामल , २ केजी दाल, तेल, चाउचाउ र हात धुने साबुन लगायतका खाद्यान्न बितरण गरेका हुन् । लकडाउनको यो समयमा दैनिक ज्यालादारी गरेर खानेहरुले काम गर्न नपाएको र उनीहरुलाई खाद्यान्नको अभाव भएको महसुस गर्दै यो कार्य गरेको बस्यालले बताए ।

मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बस्यालले बताए । बिश्व नै आक्रान्त बनेको यो समयमा घरबाट बाहिर ननिस्कीन आग्रह गर्दै उनले दैनिक मजदुरी गर्ने परिवारलाई राहत बाँडिएको र कसैलाई खानाको अभाव परेमा आफुलाई खबर गरेमा खाद्यान्न उपलब्ध गराउने बताएका छन् ।

उनले सबै जनालाई घरमै सुरक्षित भएर बस्न आग्रह पनि गरेका छन । सुरक्षित रहनुहोस , खानाको चिन्ता नगर्नुहोस बस्यालको आग्रह रहेको छ ।

सयको संख्यामा रहेका सो परिवारका हजार भन्दा बढीले राहत पाएको महसुस गरेका छन । सो स्थानमा दैनिक श्रम गरेर खानेहरुको बस्ती नै रहेको छ ।

दिनभर काम गरेर बिहान बेलुका छाक टार्ने सुकुम्बासी बस्तीमा बस्याल परिवारले राहत प्रदान गरेका हुन् । बस्यालले यो भन्दा अगाडि पनि प्राकृतिक बिपत्तिको बेला बिपन्न तथा गरीब परिवारलाई सहयोग गर्दै आइरहेका थिए ।

स्रोत : उत्तम पौडेल/न्युज २४

pokhara internet
Comments
Loading...