NTHMC

रुकुम हत्याप्रति खेद प्रकट गर्दै पोखरामा रचना वाचन

विभेदको समस्या घर–घरमा छ : सरुभक्त

राजु गिरी, पोखरा । रुकुम पश्चिमको चौरजहारस्थित सोतीमा घटनाप्रति खेद प्रकट गर्दै पोखरेली साहित्यकारहरुले रचना वाचन गरेका छन् । बासना कला केन्द्रको आयोजनामा रुकुम हत्याको विरोध स्वरुप आज पोखरामा साहित्यकारहरुले रचना वाचन गरेका हुन् ।

रचना वाचनकै क्रममा नेपाल संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले विभेदको समस्या प्रत्येक घरघरमा रहेको बताए । प्रत्येक घरभित्रका सदस्यको विचार र सोँचाईमा परिवर्तन नभएसम्म विभेदको अन्त्य नहुने उनले बताए । उनले भने– ‘ पारिवारिक स्तरमै परिवर्तन हुन सकेको छैन । प्रत्येक सदस्यको व्यवहारमा सचेतना आएमात्र विभिदको अन्त्य सम्भव छ ।’ अव सबै एकतामा बसेर विभेदलाई हटाउन तर्फ लाग्नुपर्ने उनको तर्क थियो ।

roma

त्यस्तै गरि कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार तथा साहित्यकार गोविन्द बहादुर नेपालीले थर जात फेरेर मात्र विभेदको अन्त्य नहुने बताए । उनले आफ्नो रचनामार्फत घटनाको खेद प्रकट गरेका थिए । त्यसैगरि वरिष्ठ साहित्यकार सुर्य खड्का ‘विखर्ची’ ले जात कुनैपनि ठुलो सानो नहुने बताए ।

ICAS

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले रुकुम घटनाप्रति दुःख व्यक्त गर्दै रचनामार्फत अमानविय कार्यको विरोध गरेका थिए । साथै कोरोनाको महामारीमा सजग र सचेत भएर कोरोनालाई जित्न सकिने उनको भनाई थियो ।

रचना वाचन कार्यक्रममा पोखराका साहित्यकार पदमराज ढकाल, विष्णु अल्पबिराम, रजनी शर्मा, मनोज बिक ‘भावुक’ मोहन पराजुली, सुमन श्रापित, विश्वराज रसाईली, हरिमाया विश्वकर्मा, राजेन्द्र विश्वकर्मालगाएत १५ जना साहित्यकारहरुले रचना प्रस्तुत गरेका थिए । कार्यक्रमका संयोजक नरेन्द्र मित्रकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य माछापुच्छ्रे गाउपालिकाका सदस्य लालबहादुर परियारले राखेका थिए । कार्यक्रमको संचालन गायिका सविना सुनामले गरेकी थिईन् ।

parichay

pokhara internet
Comments
Loading...