ICAS
Rara

रवीन्द्र अधिकारी स्मृति दिवस : राज्यप्रति महत्वपूर्ण योगदान दिने व्यक्ति गुमायौं

राजु गिरी, पोखरा । तत्कालिन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको प्रथम स्मृति दिवस विभिन्न कार्यक्रमका विच पोखरामा मनाईएको छ । रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा दिवस मनाईएको हो । प्रथम दिवसको अवसरमा आयोजित समारोहमा भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री केपी ओलीले राज्यलाई महत्वपूर्ण भुमिका निर्वाह गर्ने उत्कृष्ट व्यक्ति मध्येका एक अधिकारीलाई श्रद्धाञ्जली अर्पण गरे । अधिकारीले गरेको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता ल्याउन अधिकारीको भुमिका मुख्य रहेको बताए । अधिकारी जस्ता उच्च व्यक्ति गुमाउनुपरेकोमा दुःख समेत व्यक्त गरे ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईले मुलुकलाई नै नेतृत्व गर्ने व्यक्ति गुमाउनुको पिडा सुनाउँदै स्व. अधिकारीले चाहेका जनपक्षिय विकास निर्माणका कामलाई सरकारले निरन्तरता दिएको बताए । पोखराको गौरवको योजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कदमलाई पुरा गर्ने उनले बताए । सन् २०२१ मा विमानस्थल संचालनमा ल्याई छाड्ने प्रतिवद्धतासमेत मन्त्री भट्टराईले गरे ।

त्यसैगरि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नेपाली एकै ठाउँमा रहेर भिजिट नेपाल २०२० लाई भव्यरुपमा सफल बनाउनुपर्नेमा जोड दिए । जनतासमक्ष न्यानो सम्वन्ध राखेर राष्ट्रलाई माथी उठाउन सक्ने रबिन्द्र अधिकारी जस्ता व्यक्ति राज्यलाई आवश्यक रहेको मुख्यमन्त्री गुरुङले बताए । पार्टीभित्रको गुटवन्दीको अन्त्य गरि सबैको विश्वासको पात्र सरकारमा रहिरहनुपर्ने उनको भनाई थियो । दुई पार्टीको एकता भईसकेपनि पार्टीको संक्रमणकाल नसकिएको हुँदा सबैले अनुशासन र संयमता अपनाउनुपर्ने उनले बताए ।

parichay

प्रथम स्मृति दिवसकै अवसरमा रवीन्द्र अधिकारी स्मृति गित ‘तिम्लाई सम्झी’ विमोचन समेत गरियो । यसका साथै नेपाल अधिराज्यबाट ‘विकास, राजनीति र रवीन्द्र’ शिर्षकको निवन्ध प्रतियोगिताका प्रथम, द्धित्तिय र तृत्तिय विद्यार्थीलाई नगदसहित सम्मान सोही समारोहमा गरियो । समारोहमा स्व. रवीन्द्र अधिकारीको छोटो भिडियो क्लीप देखाईएको थियो । सो भिडियो क्लीप देखाईरहँदा समारोहमा उपस्थित मध्ये धेरैजना भावुक बन्दै आसु रोक्न सकिरहेका थिएनन् ।

नेकपाका युवा नेता रबिन्द्र अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो ।

फोटो : प्रेम थापा/परिचय नेटवर्क

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?