ICAS
Rara

शहिद पार्कमा मुख्यमन्त्री गुरुङद्वारा रवीन्द्र अधिकारीको शालिक अनावरण (फोटो फिचर)

पोखरा । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा १८ जामुनेबोटमा निर्माणाधिन शहीद पार्कमा अधिकारीको शालिक बनाइएको हो । अधिकारीको शालिकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरे ।

govnotice

रवीन्द्रको शालिकलाई सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले बनाएका हुन् । उनलाई शालिक बनाउन ६ महिना लागेको थियो । अधिकारीको एकवर्षअघि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । उनको पहिलो स्मृतिमा पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको छ । पोखरा सभागृहमा भइरहेको कार्यक्रमलाई अहिलेका पर्यटनमन् त्री योगेश भट्टराईले सम्बोधन गर्नेछन् ।

parichay

तस्बिर : प्रेम थापा / परिचय नेटर्वक

pokhara internet
Comments
Loading...