ICAS
Rara

अधिकारीको हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा

पोखरा । नमिठो घटना, फागुन १५ गते । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको एक वर्ष पुरा भएको छ ।

रविन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका युवा नेता हुन् । साथै केन्द्रीय सदस्य समेत हुन् । संविधानसभा-२ को निर्वाचनमा उनी कास्की जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । अनेरास्ववियूका अध्यक्ष रहिसकेका अधिकारी संविधानको सभा-१ को चुनावमा कास्की क्षेत्र न ३ बाट भारि वहुमतका साथ संविधान सभासद बन्ने मौका पाएका थिए ।

govnotice

अधिकारीको पदमा बहाल रहेकै बेलामा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना परि २०७५ फागुन १५ गते मृत्यु भएको थियो । ताप्लेजुङमा भएको उक्त हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक मन्त्री परिषदको बैठकले २०७५ फागुन १६ गते सार्वजनिक बिदा दिने निर्णय समेत गरेको थियो ।

parichay

अधिकारीले विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरेसँगै विद्यार्थी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै २०५६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित भए ।

उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । गत वर्ष ताप्लेजुङमा भएको दुर्घटनामा अधिकारीसँगै यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुबदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

तेह्रथुममा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङको पाथीभरा पुगेका मन्त्री अधिकारीसहित सात जना सवार हेलिकप्टर दुर्घटनामा परेको थियो ।

pokhara internet
Comments
Loading...