NTHMC

प्राकृतिक चिकित्सालयको आईसोलेसन देशमै उत्कृष्ट : मुख्यमन्त्री गुरुङ

पोखरा । देवचुलीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय (अस्थाई कोरोना अस्पताल) को आईसोलेसन देश मै उत्कृष्ट रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

गुरुङले सामुदायिक प्राकृतिक चिकित्सालयले योग, ध्यान र प्राकृतिक चिकित्सा पद्दतीबाट कोरोना संक्रमितको उपचार गरि देश मै ठूलो संख्यामा उपचार गर्न सफल भएकोमा खुसी लागेको बताउँदै प्राकृतिक चिकित्सालयको सक्रियताको खुलेर प्रशंसा गरेे ।

roma

गुरुङलेे भने, ‘नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालयले कोरोना कहरमा संक्रमितहरुको उपचार ज्यादै न्युन खर्च र उच्च लगनका साथ गरेको छ, जुन जति प्रशंसा गरे पनि कम हुन्छ ।’

ICAS
parichay

शनिवार डिस्चार्ज भएका कोरोना संक्रमितहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङले डिस्चार्ज भएर घर जाँदै गरेका सम्पूर्णलाइ घर गएर पनि अपनाउनु पर्ने सतर्कतासँगै होम क्वारेन्टिनमा बस्न समेत आग्रह गरेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिएका छन् । शनिबार प्राकृतिक चिकित्सालय बाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा ५ महिला र १७ पुरुष रहेका छन् ।

प्राकृतिक चिकित्सालयमा उपचाररत कोरोना संक्रमितहरुको स्वास्थ्य स्थिति बुझ्न र चिकित्सालय क्षेत्र अवलोकन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित संघीय सांसद तिलक महत , प्रदेश सांसद रोशन बहादुर गाहा, देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री, निर्देशक विनोद पौडेल, ब्यवस्थापक हरि सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा शनिबार डिस्चार्ज हुनेहरुलाई प्रमाण पत्र संगै नगर भन्दा बाहिरबाट आएर प्राकृतिक चिकित्सालयमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरुलाई कदर पत्र समेत वितरण गरिएको थियो ।
अब प्राकृतिक चिकित्सालयमा २१ जना संक्रमित बाँकीी रहेका छन् जसमा ६ जनाको रिपोर्ट आउन बाँकि रहेको छ ।

pokhara internet
Comments
Loading...