NTHMC

केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन हुँदैन : गुरुङ

नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन नहुने बताएका छन् । शनिबार नवलपरासी पूर्वको कावासोती आएका गुरुङले पत्रकारहरूसँग कुरा गर्दै ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाउन जनताले म्यान्डेट दिएको बताए ।

parichay

गुरुङले पार्टीभित्र आन्तरिक विवाद रहेको, तर वैचारिक विवाद नभई जुँगाको लडाइँ मात्रै भएको टिप्पणी गरे । व्यक्तिगत रूपमा चार ‘ल’ (ओली, दाहाल, नेपाल, खनाल) ले पार्टीलाई सताएको आरोप लगाए । गुरुङले पार्टीलाई दुर्घटनाबाट बचाउन सहमति गरी एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

roma

गुरुङले संघीय सरकारले सहयोग नगर्दा भारतीय सिमानासँग जोडिएको त्रिवेणी नाकामा पक्की सडक लैजान नसकिएको बताए ।

pokhara internet
Comments
Loading...