ICAS

प्रेस युनियनको माग : पत्रकारका लागि राहत प्याकेज ल्याऔँ

काठमाडौं । नेपाल प्रेस युनियनले पत्रकारका लागि विशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ । कांग्रेस निकट पत्रकारहरुको संगठन युनियनले कोरोनाका कारण लकडाउन भएकावला समस्यामा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहतका विशेष प्याकेज घोषणा माग गरेको हो ।

लकडाउन अवधिको लागि श्रमजिवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना ल्याउन माग गरेका हुन् ।

Parichay
Infomatics

युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार विज्ञप्ति जारी गर्दै सिग्देलले राहत प्याकेजमा सञ्चारमाध्यमको नविकरण शुल्क र करमा छुट लगायतका विषय पनि समावेश गर्न सरकारलाई सुझाव दिएका छन् ।

युनियनले कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीका लागि कोरोना भाइरस संक्रमणबाट बच्न सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन र आकस्मिक उद्धारको व्यवस्था गर्न माग गरेको छ ।

pokhara internet
Comments
Loading...