ICAS
Rara

चलचित्र ‘प्रेम पूजा’ बन्ने

चलचित्र ‘प्रेम पूजा’ बन्ने भएको छ । अमरदीप सापकोटाको निर्देशनमा यस चलचित्र बन्न लागेको हो । महाशिवरात्रीको अवसर पारेर चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

चलचित्रको थिम पोस्टरमा पात्रको अनुहार लुकाइएको छ । चलचित्रको लागि कोही कलाकार पक्का नभएको निर्माण पक्षले जनाएको छ । अडिसनबाट नै कलाकारहरुको छनोट गरिने निर्देशक सापकोटाले बताए ।

govnotice
parichay

‘इन्टरटेन्टमेन्ट वर्ल्डवाइड’को व्यानरमा बन्न लागेको यस चलचित्रको कथा, पटकथा तथा संवाद अभिमन्यु निरवीले लेखेका हुन् । बैशाखको पहिलो साताबाट छायांकनमा जाने भनिएको यस चलचित्रलाई काठमाडौं, चितवन र भारतको बनारसमा समेत खिचिने छ ।

फस्टलुक पोस्टरमा नै चलचित्रको रिलिज मिति पनि तोकिएको छ । पोस्टरमा लेखिए अनुसार चलचत्र आगमी दशैंमा रिलिज हुदैँछ । तर, दशैंमा प्रतिक्षित केही चलचित्रहरुले आफ्नो रिलिज मिति तोक्दा यस चलचित्र सर्न सक्ने अनुमान गर्न सकिन्छ ।

pokhara internet
Comments
Loading...