ICAS
Rara

‘प्रेम गीत ३’को शिर्ष गीत रिलिज

प्रदीप खड्का स्टारर चलचित्र ‘प्रेमगीत ३’को शिर्ष गीत सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर शुक्रबार नै चलचित्रको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘हर युग होस प्रेमको गीतको’ बोलको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । राजेश कुमार श्रेष्ठले लेखेको उक्त गीतलाई एलिश कार्कीले संगीत दिएका छन् ।

सार्वजनिक गीतलाई लिरिकल भिडियोको रुपमा तयार गरिएको छ । जहाँ चलचित्रका चल/अचल दृश्यहरु समावेश गरिएको छ । भिडियोमा चलचित्रमा प्रमुख दुई पात्र प्रेम र गीतको प्रेम र उनीहरुको मनोभावलाई देखाइएको छ ।

govnotice

सन्तोष सेनको निर्माणमा तयार भएको चलचित्रलाई छेतेन गुरुङ र सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीपसँ प्रेम बनेका छन् भने क्रिस्टिना गुरुङ ‘गीत’को भूमिकामा छिन् ।

parichay

चलचित्रमा अनुभव रेग्मी र सम्वृद्धि शाही बाल्यकालको प्रेम र गीत बनेका छन् ।  चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतको अभिनय छ ।

छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । चलचित्रले चैत २८ गतेलाई रिलिज मिति पक्का गरेको छ ।

pokhara internet
Comments
Loading...