ICAS
Rara

प्रधानमन्त्रीलाई प्रकाश सपुतको चिठी, के लेखेका छन् त ?

पोखरा / 

सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार

govnotice

विश्वमा भयानक रुप लिदै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सरहानिय छन । भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमजोर शरीर तर बलियो आत्मबल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसंग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साँझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईको सक्रियता र सरकारको जिम्मेवारी बोध प्रति हामी कृतज्ञ छौँ । यद्धपी केहीदिन अगाडि स्वास्थ्य मन्त्रीज्युले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौ । अरु त सबै ठिकै छ । कोशिष राम्रो छ । किप ईंट अप ।

सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउँको घरमा आएर सेल्फÞ क्वारेनटाईनमा बसेका छौँ । दशैमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौँ । एक अर्थमा मेरो बाबा, आमा र गाउँ सार्है खुसी देखिएका छन तर त्यो खुसी धेरै बेर रहन सकेन जब साँझ खान खाने बेलामा बाबाले चिन्ता व्यक्त गर्नुभयो— “ अब अनिश्चितकालिन बन्द भन्छन । यसरी सबै परिवार भेला भएर बसी/बसी खान कहिले सम्म पुग्ने हो ? ”

माहोल स्तब्ध भयो । खाना खल्लो ! बाबा लामो बैदेशिक रोजÞगार पछि अहिले घरमा हुनुहुन्छ । मैले नै उहाँलाई ढाडस दिएको थिए —“बा ! तपाई अब बुढो हुनु भो बिदेश नजानुस,म गर्छु ।” आमा गृहणी हुनुहुन्छ । माईलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिराछ । खास तरक्की गर्न सकेको छैन । बुहारी र छोरा गाउँमै छन् । अर्को दुई जना भाई र मेरी श्रीमती बिन्दु अध्ययनरत छन् र आफ्नो करियरमा संघर्षरत छन । मेरी एउटा छोरी छिन ३ वर्षको । पछिल्लो ५र ६ वर्ष देखि १० जनाको हाम्रो परिवार नितान्त म मा निर्भर छ । पेशाले म गीतसँगीतमा निर्भर छु । फुलटाईमर कलाकार भनम न । दर्शकस्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ ।

खाना खाईवरी कोठामा पुगेपछि श्रीमती बिन्दु र मैले हाम्रो अकाउन्ट चेक गर्यौ । यहि वर्ष काठमाण्डौमा सानो घर लिएकाले हामी संग धेरै नगद मौज्दात रहनेछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दुले हिसाब निकाल्नु भयो—“सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसि/बसि खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामी सँग रहेछ ।” मैले आफुलाई भंयकर सम्पन्न भएको महशुस गरे । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिइन । आत्मसम्मान र सपना को पछि लागे । यद्दपी दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दो कथा छ । परिवारलाई हुँदा खाने धरातलबाट उठाएर ६ महिना बसी /बसी खान पुग्ने धन जोर्नु भनेको ठुलो उपलब्धि हो । मैले खत्रै फड्को मारेको हो हाम्रो पुर्खाको तुलनामा —“बिन्दु लाई यति गफ लाईदेको उनी ढुक्क भएर निदाईन । तर म निदाउन सकिन ।”

parichay

सम्माननीय प्रधान मन्त्री ज्यु ,

के हाम्रो बा ले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्री परिषदको कोरोना भाईरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ ? परिस्थिति यस्तै रहयो भने हामी कति दिन सम्म पालिन सक्छौ ? के सरकारले मैले जस्तै आफ्नो खातापाता र भकारी चेक गर्यो ? मैले आफुले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नु पर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ ? यदि भकारीनै रित्तिएर मर्ने स्थिती आयो भने सरकारसंग कति महिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यै बाट शुरु भैसकेको छ । कोरोना नआए पनि भोकमरीले अलिअलि छाया देखाईसकेको छ । कम्पनी बन्द भएपछि कतै सेल्फÞ क्वारेन्टाईन त कतै आईसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केही हप्ता देखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन । काम ठप्पै भएपछि खल्तीमा डेढ दुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महँगिएको पसल अगाडि गएर घण्टौ सोच्छ होला —“यति पैसाले सेनिटाईजर किनम कि स्यानी छोरीको लागि एक गास चामल ? हात धुनें साबुन किनम कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम कि आशु पुछ्ने रुमाल ? रोग को डर र भोकको डरमा कति फरक छ ? रोगले मर्नु र भोकले मर्नु मा मृत्युको मुल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा ‘ जस्तो मन बनाएर यस्सो सोच्नुस त प्रमज्यु । के भन्दो रछ हजुरको मनले ।

ल मानम परिस्थिति यस्तै भयो— “आफुँंग हुदा सम्म खाने , नभए मर्ने स्थिती आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो । यसबाहेक पनि केहि रकÞम बच्ने भयो करिब — २ लाख रुपैयाँ । एउटा जिम्मेबार नागरिकका हैसियतले यो रकम यो विषम परिस्थितीका निमित्त सहयोग गर्न चाहन्छु ।” कहाँ कसको नाममा दिने निधो नभएपछि रकम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु । यो रकम सरकारकै मातहतमा जहा चलाए पनि हुन्छ । कोरोनाको आंशकामा बिना पुर्वाधार बिरामी जाचिरहेका ति हिम्मततिला नेपाली डाक्टर र स्वास्थ्यकर्मिका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुसी । सेल्फ क्वारेन्टाईनमा बस्न नपाई ज्यानको बाजी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्धा, बालबालिका र अन्य रोगले ग्रस्त कोही कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी । काम धन्दा सबै ठप्प भएर भोकभोकै हुनुपर्ने केही श्रमिक घरपरिवारलाई गोडा एक महिना दुई गास दालभात ख्वाउन पाए पनि म खुसी । रकम थोरै छ तर यस्तो परिस्थितिमा जहाँ जसरी काम लागे पनि म खुसी ।

ल मानम यो सबै परिस्थितीको सामना र जिम्मेबारी सरकारले नै पुरा गर्ने भयो । सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुसी । यदि फिर्ता आयो भने म यो चेकको केही पैसाले सरकारको महिमामा एउटा गज्जबको गित रेकर्ड गर्ने छु । र बाँकी रकÞमले मेरी छोरीको शैक्षिक बिमा गरिदिनेछु । उस्ले धेरै पढोस् र विश्वमा फेरी यस्ता विषम परिस्थिति आयो भने रकम नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओस । आफ्नो देशका लागि मात्रै होईन पुरै विश्वका लागि ।

आफ्नो र हाम्रो ख्याल राख्नु होला, धन्यबाद ।
प्रकाश सपुत
एक नागरिक र एक कलाकार ।

pokhara internet
Comments
Loading...