NTHMC

पार्टी एकता सुदृढ गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । उनले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेको बताएका हुन् ।
तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पार्टीमा बहस र विवाद हुनु सामान्य भएको बताए ।
विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र र त्यसलाई प्रतिक्रियावादीले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकाले नपत्याउन उहाँले आग्रह गर्नुभयो । अध्यक्ष दाहालले भने , ‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ ।’

parichay

उनले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकाले बहस हुने कुरा स्वभाविक बताए । राजनीतिक अस्थिरता र एकताका निम्ति आफूले पद त्याग गर्दै आएको समेत स्मरण गरे ।

roma

अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्तिलाई परास्त गर्ने दाबी गर्दै उहाँले पार्टीभित्रको बहसलाई छोपछाप गर्न नहुनेमा जोड दिए । रासस

pokhara internet
Comments
Loading...