प्रविन र रचनाले गाए स्व. राष्ट्रकविको संझनामा ‘उनको प्रिती’

स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेले २०२४ सालमा तयार गर्नुभएको गीत ‘उनको प्रिती’को पुन: रेकर्ड गरिएको छ ।

२०६० सालमा नारायण रायमाझीले संगीत गरेर पहिलो पटक रेकर्ड गरिएको उक्त गीतलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उहाँकै सम्झनामा केहि फरक शैलीमा गीत तयार गरेका हुन् ।

roma
parichay

पहिलो पटक २०६० सालमा जगदिश समाल र सपना श्रीको स्वर समावेश यस गीतको नयाँ भर्सनमा नेपाल आइडलबाट उदाएका दुई प्रतिभा प्रविन वेडवाल र रचना रिमालले गाएका छन् ।

ICAS

रीमा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका छन् । गीतको संगीत संयोजन बिबि अनुरागीले गरेका छन् भने मिक्सिङ श्याम श्वेत रसाईलीले गरेका छन् ।

pokhara internet
Comments
Loading...