प्रभाषको नयाँ चलचित्रमा आलिया ?

चलचित्र ‘बाहुबली’ बाट विश्वचर्चित बनेका अभिनेता प्रभाष अहिले नयाँ चलचित्रमा व्यस्त छन् । आफ्नै होम प्रोडक्सनबाट बनेको चलचित्र ‘जान’को छायांन गरिरहेका छन्, प्रभाष । कोरोनाको कारण अहिले तत्काललाई भने चलचित्रको छायांकन रोकिएको छ ।

यस चलचित्र पश्चात् प्रभासले आफ्नो २० औँ चलचित्रको रुपमा पिरियड ड्रामाको कथामा चलचित्र गर्दैछन् । जुन चलचित्रलाई नाग अश्विनले निर्देशन गर्ने बुझिएको छ । हाल चलचित्रको लेखन काम भइरहेको छ ।

roma
parichay

प्रभाषले यस चलचित्रको लागि सहमति जनाइसकेका छन् । भारतिय मिडियाका अनुसार निकै मंहगो पारिश्रमिक सहित प्रभाष चलचित्रमा अनुबन्धित भएका छन् ।

ICAS

प्रभाषले यस चलचित्र गर्छन् भने चलचित्रमा बलिउड नायिका आलिया भट्ट पक्का हुनेछिन् । आलियाले हालै साउथ इण्डियन चलचित्र ‘आरआरआर’ मा पनि काम गरेकी छिन् ।

बलिउडमा स्थापित भइसकेकी आलियाले प्रभाषसँग काम गर्ने मौका गुमाउने छैनन् । त्यसैले अर्को वर्ष आलिया र प्रभाषलाई जोडीको रुपमा पर्दामा देखिने छ ।

pokhara internet
Comments
Loading...