NTHMC

‘यस्तै हो भने पुलिसले मान्छे मार्दै हिँड्छ !’

काठमाडौं । अभियुक्त विष्णु लामाका आफन्तले आत्मसमर्पण गरिसकेपछि प्रहरीले नियन्त्रणमा लिई गोली हानेको आरोप लगाएका छन् । २७पुसमा जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आई समातेको र जब मुडाँडामा लगेर गोली हानेपछि घाइते अवस्थामा समेत भेट्न नदिइएको भन्दै आपत्ती जनाए ।

parichay

काठमाडौंमा पत्रकार सम्मेलन गरी विष्णु लामाकी पत्नी मनमाया लामाले पतिलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको आरोप लगाइन् । उनले ‘यसरी गोलीहान्न पाइन्छ ? यस्ते हो भने प्रहरीले मान्छे मार्दै हिंड्छ’, उनले भनिन्, ‘सुरक्षाका लागि खटिएको प्रहरीले नै आत्मसमर्पण गरेको मान्छेलाई गोली हान्छ भने सुरक्षा दिन्छ भन्ने विश्वास गर्न सकिन्छ ?’ । उनले सरकारसँग न्यायको माग गर्दै गोली हान्ने माथि कडा कारबाही गरिनुपर्ने बताइन् ।

roma

मनमायाले आफ्नापतिलाई कानुनअनुसार कारबाही हुनुपर्ने पक्षमा  रहेको तर गोली हान्नेविरुद्ध कानुनी उपचारमा जाने बताइन् । लामा गत वर्ष माघमा काठमाडौँको जोरपाटीमा १७ महिनाको बच्चाको हत्या गरेको र गत भदौमा काठमाडौँ मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरी भागेको मुद्दाका आरोपी हुन् । उनलाई प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो ।

pokhara internet
Comments
Loading...