अन्तर प्रहरी इकाई  ५ किलोमिटर दौड सम्पन्न

पोखरा । ‘६५औं प्रहरी दिवस २०७७’ को जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको अन्तर प्रहरी इकाई कार्यालय पाँच किलोमिटर दौड सम्पन्न भएको छ । प्रतियोगितमा पुरुषतर्फ वडा प्रहरी कार्यालय बगरमा कार्यरत प्रहरी जवान लोकबहादुर विक. (प्रथम), इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकमा कार्यरत प्रहरी कार्यालय सहयोगी धनबहादुर राना मगर (द्वितीय),  इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकमा कार्यरत प्रहरी जवान सुचनमानसिंह बस्न्यात ( तृतीय), विमानस्थल सुरक्षा गार्ड पोखरामा कार्यरत प्रहरी हवल्दार अर्जुन पौड्याल (चौथो), विमानस्थल सुरक्षा गार्ड पोखरामा कार्यरत प्रहरी जवान कमल शाही (पाँचौं) स्थान हाँसिल गरे ।

यस्तै महिला प्रहरी कर्मचारीहरुबाट प्रहरी जवान जमुना परियार प्रथम भइन् । उनीहरूलाई  प्रमुख अतिथि प्रमुख कास्कीका जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले दौडमा सहभागी सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई बधाई  दिए ।

pokhara internet
Comments
Loading...