NMB Bank

पोखरा रंगशालाको फुटबल मैदान निर्माण कार्य तिव्र (फोटो फिचर)

  • राजु गिरी ।

पोखरा रंगशाला भित्रको फुटबल मैदान निर्माण कार्य तिब्र गतिमा भईरहेको छ । आगामी डिसेम्बर १ देखि १० तारिख १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबल प्रतियोगितालाई लक्षित गरि कार्य तिब्र गरिएको हो ।


फुटबल मैदान निर्माणलाई आर्टिफिसियलबाट नेचुरल फुटबल मैदान निर्माण गर्ने निर्देशन पाएसँगै पोखराको वातावरण अनुकुल हुने गरी कोलकत्ताबाट घाँसको चपरी ल्याई मैदानमा बिछ्याउने काम अहिले भईरहेको छ । टुक्रा टुक्रामा ल्याईएको एउटा घाँसको चपरी २.५ फिट चौडाई र ४ फिट लम्बाईको छ । पोखरा रंगशाला ९० हजार स्क्वायर फिटको छ ।


त्यस्तै डबल लग सिस्टममा निर्माण हुने प्यारापिटको आवश्यक सामाग्रि पोखरामा भित्रिएको १५ दिनमै जडान कार्य सहितको फिनिसिङ हुने जनाईएको छ । भारतको ग्रेट स्पोट्र्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा एक अर्ब २८ करोडको लागतमा प्रोजेक्टको जिम्मा लिएको हो । १८ हजार ५ सय दर्शक क्षमताको फुटबल प्यारापिट निर्माण हुने जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल बताउँछन् । १६ हजार ५ सयबाट बढेर २० हजार गरी भीआईपी र दर्शक सिट क्षमताको प्यारापिट हुने छ । १ अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदान कार्तिक १५ भित्रमा निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ ।


केही हप्ता अघिमात्रै जर्मनबाट एथलेटिक्स ट्रयाकको लागि आवश्यक सामान आईपुगेको थियो । ट्रयाक एण्ड फिल्डको रनिङ ट्रयाकलाई सिन्थेटिक बनाईने छ । सिन्थेटिक ट्रयाकको लागि आवश्यक सामान ग्रानुयल्स रबर दाना पोखरा रंगशालामा झरिसकेको छ । अहिले ट्रयाक कालोपत्रे पिच हुनेक्रममा छ । कालोपत्रे पीच गरेपछि मात्रै रबर दानालाई केमिकल प्रयोग गर्दै ट्रयाकमा हालिने निर्माण कम्पनीले जनाएको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?