Parichay add

पोखरामा बैंकका कर्मचारी र कतारबाट आएका पुरुषमा कोरोना भएको पुष्टि

पोखरा / 

शनिबार पोखरामा थपिएका तीन संक्रमित मध्ये एक बैंकको कर्मचारी रहेको खुलेको छ । पोखराको सृजनाचोकमा अवस्थित कामना विकास बैंकमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी गराए । महानगरका प्रवक्ता समेत रहेका नेपालीका अनुसार साउन २७ मा पोखरा ५ कै एक सहकारीमा कार्यरत महिलामा कोरोना पुष्टि भएको थियो । उनका छोरामा समेत संक्रमण देखिएको थियो ।

roma

आज फेरि श्रीमान र छोरीमा संक्रमण देखिएको वडाध्यक्ष नेपालीले जानकारी गराए । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।

ICAS

बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनी कार्यरत शाखाका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखिने पोखरा महानगरपालिका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिएका छन् ।

बैंकको शाखा पनि बन्द रहने उनले बताए । यस अगाडी पोखरा लेकसाइडमा रहेको एक बैंकका कार्यरत पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो । ती कर्मचारी श्रीमतीलाई पनि कोरोना देखिए पछि आइसोलेसनमा राखीएको छ । शनिबार पोखरामा कोरोना संक्रमित पुष्टि भएका पोखरा ८ का पुरुष कतारबाट आएर क्वारेन्टिरमा रहेको पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्र बरालले जानकारी गराएका छन् ।

कास्की जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ९२ जनामा कोरोना देखिएको छ । त्यस मध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ९३ जनामा निको भएर घर फर्किएका छन् ।

pokhara internet
Comments
Loading...