quantum

पोखरा महानगर र कोरियाको ग्यान्वोन प्रान्त बिच साझेदारी सम्झौता(सम्झौतासहित)

 

पोखरा / पोखरा महानगरपालिका कास्की र दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्र बिच कार्वन फोरम२०१९ को अवसरमा साझेदारि सम्झौता भएको छ ।सम्झौतामा नेपालको तर्फबाट पोखरा महानगरका प्रमुख मान बहादुर जिसि, ग्याङ्वोन प्रान्तको तर्फ बाट गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी केन्द्रको तर्फबाट प्रमुख कार्यकारी निर्देशक क्युङ्ग नाम सिनले हस्ताक्षर गरेका हुन।


सम्झौताका क्षेत्रहरुमा पोखरामा हरियालि सहितको यातायात पुर्वाधार निर्माणको परियोजनालाइ महत्व दिइएको छ ।साथै स्मार्ट बातावरण मैत्री पर्यटन , स्मार्ट सहरका प्रविधिहरु ,इ मोविलिटी ,वैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान तथा पोखराको संस्थागत बिकासका लागी कार्य गर्ने वताएको छ । हरित टेक्नोलोजी केन्द्रले यस अघि भुटान ,युगान्डा लगायतका देशमा गरेका परियोजना सफल छन ।
सम्झौता पश्चात तिनै पक्षले विश्वमा वढिरहेको कार्वन उत्पादन र हरित गृह ग्याँसको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।सम्झौता पछि बोल्दै पोखराका मेयर मान बहादुर जिसिले नेपालमा लगानी मैत्री बातावरण बनिसकेकाले ढुक्क सङ्ग लगानी गर्न आग्रह गर्दै नेपाल हरित गृह ग्यासको उत्पादन कम गर्न कटिबद्ध रहेको बताएका थिए । पोखरामा यो परियोजना सफल भएमा पोखराको यातायात गुरु योजना का तयार भई कार्यान्वयनमा समेत अगाडी वढ्ने छ ।

सम्झौतामा के छ ?

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?