ICAS

दशैंका बेला खाल्डाखुल्डी मुक्त सडक

पोखरा / नेपालीहरुको महान चाड दशैंका बेला सबै चाड मनाउने चाजोपाजोमै व्यस्त रहँदा यता पोखरा महानगरपालिका वडा ४ का वडा अध्यक्ष शंकर बास्तोला भने आफ्नो वडालाई खाल्डाखुल्डी मुक्त वडाको रुपमा विकास गर्नमै तल्लिन छन ।

वडालाई खाल्डाखुल्डी मुक्त बनाउन पहल गरिएको र सोहिबमोजिम सोमबार वडा अध्यक्ष बास्तोला आफै फिल्डमा रहेर वडा ४ मा रहेको महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिदार्थचोक,गणेशटोल, रामकृष्णटोल, नालामुखलाई खाल्डाखुल्डी मुक्त बनाइएको उनले जानकारी गराए ।

Parichay
Infomatics

 

विभिन्न जिल्लाबाट आएर पोखरा बसोबास गरेका नागरिकलाई दशै,तिहार लगायतका चाडहरुमा बजार अवलोकन सहित किनमेल गर्न सहज यात्राको वातावरण मिलोस भन्ने उद्देश्यले चाडपर्वका बेला आफुहरुले वडामा रहेका सडकका खाल्डाखुल्डीलाई कालोपत्रे गरेको बास्तोलाले बताए ।

‘राती र दिनको समय छुट्याएर दुई दिनमानै हामीले काम सक्यौ’,उनले भने,‘आगामी दिनमा पनि वडामा भएका खाल्डाखुल्डीको मर्मत गरि हुनसक्ने दुर्घटनालाई कम गर्नमा हाम्रो पहल रहनेछ ।’

pokhara internet
Comments
Loading...