महानगरको आर्थिक अनियमितताको विषयमा अनेरास्ववियूको मौन प्रदर्शन

पोखरा / 

पोखरा महानगरपालिकामा १३ करोड आर्थिक अनियमितता भएको भन्दै चौतर्फी आलोचना भइरहँदा सत्तारुढ दलकै अनेरास्ववियूको एक टोलीले मौन प्रदर्शन गरेको छ । विहीबार पूर्वान्ह पोखरा महानगर परिसरमा भेला भएका उनीहरुले हातमा कुचो र ‘मेयर साहेब, १३ करोड खै ?’ लेखेको प्लेकार्ड बोकेर उभिए ।

roma

त्यसपछि गेटदेखि कार्यालयको प्रवेश ढोकासम्म कुचोले बढारे । महानगर भ्रष्टाचार र अनियमिताको आहालमा डुबेकाले अब यसबाट सफा हुनुपर्छ भनेर संकेत स्वरुप कुचोले बढारेको अनेरास्ववियु निकटका सदस्यले जानकारी गराए ।

ICAS

महानगरले अनियमितता छानविनका लागि छानविन आयोग नै बनाएर जनतालाई प्रष्ट पार्नुपर्ने उनीहरुको माग छ । ‘अनियमितता र भ्रष्टाचारबाट आजित भएर जनताले सुशासन र समृद्धिका लागि कम्युनिष्टलाई भोट दिएका हुन् । झनै यसरी भ्रष्टाचारमा डुब्नु भनेको जनतालाई धोका हो । जनप्रतिनिधिको यस्ता हर्कतले भोलि पार्टीलाई नै घाटा निश्चित छ । नागरिकप्रति जनप्रतिनिधि उत्तरदायी हुनुपर्छ । यो अनियमिता कसरी हुन पुग्यो ? मेयर साबले तुरुन्त छानविन गर्नुपर्छ । जनताको उत्तर चित्तबुझ्दो हिसाबले दिनुपर्छ ।’ – ति सदस्यले भने ।

महानगरपालिका कार्यालयले १३ करोड रुपैंया हिनामिना नभएको स्पष्ट पार्दै १ करोड ७३ लाख ११ हजार ९ सय ७८ को हिसाब मिल्न बाँकी रहेको स्वीकार गरेको छ । महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त विज्ञप्ती जारी गर्दै निष्पक्ष छानविन गरेर संलग्नलाई कडा कारवाही गर्ने बताइसकेका छन् ।

pokhara internet
Comments
Loading...