ICAS
Rara

पोखरामा लकडाउनको प्रभाव, मूख्य बजार सबै ठप्प (फोटो सहित)

लकडाउनले खाना पकाउने ग्याँस वितरण गर्न पाइएन

सन्तोष बस्याल

पोखरा / सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्णरुपमा नै बन्द भएको छ । अघिपछि चहलपहल देखिने पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटर कोरोना कहरले सुनसान छन् । सिर्जनाचोकमा रहेको मेट्रोसिटी हस्पिटल खुल्ला छ भने फेन्सी पसल, रेष्टुरेण्ट, होटल, किनारा पसल, मिनिमार्केटका सबै सटरहरु बन्द छन् ।

govnotice

सबै चोकमा सुरक्षाकर्मी तैनाथ छन् । नेपाल प्रहरी र नेपालआर्मीका जवानहरुलाई खटाइएको छ । अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधन चल्न दिएको छैन । गण्डकी प्रदेश सरकारले सोमबार बैठक बसी प्रदेशका सबै नाका बन्द गरे लगतै अन्य जिल्लाबाट पोखरा प्रवेश गर्ने सवारी साधनले इन्ट्री पाएका छैनन् । सूचना थाहा नपाएर चलेका सवारी साधनलाई समेत रोकेर सम्झाएर फिर्ता पठाइएको छ ।

सरकारले आज बिहान ६.०० बजेदेखि यही चैत १८ गते साँझ ६.०० बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो ।

लकडाउनले खाना पकाउने ग्याँस वितरण गर्न पाइएन

अत्यावश्यक खाना पकाउने ग्याँस पोखरामा वितरण गर्न पाइएको छैन । पोखरा महानगरपालिका वडा—३२ गगनगौंडास्थित शक्ती ग्याँसका डिपोमा ग्यास त छ तर कर्मचारी नआइदिदा ग्यास वितरण गर्न समस्या भएको डिपो प्रमुख मेघराज पौडेलले बताए ।

parichay

“पोखराका सम्बिन्धित डिपोमा ग्यास नभएपछि उपभोक्ताहरुले सिधै मूख्य अफिसमै फोन गर्न थाल्नुभएको छ”, उनले भने,“मंगलबार मात्र ३ हजार देखी ३५ सय सम्मको संख्यामा ग्यास वितरण गर्ने योजना रहे पनि लकडाउनका कारण गर्न पाइएको छैन ।”

उनले आजै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीसँग कुरा गरी समस्याको समाधानतर्फ लाग्ने बताए ।

तस्बिरहरु :

 

सिर्जनाचोक
सभागृहचोक
शान्तिनगरचोक
जिरो कि.मी
pokhara internet
Comments
Loading...