Parichay add

पोखरा निषेधाज्ञाको तेस्रो दिन : प्रहरीद्वारा कडा चेकिङ, तीज भन्दै अनावश्यक हिँड्ने सवारी नियन्त्रणमा

प्रेम थापा
पोखरा / 

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञाको आज तेस्रो दिन प्रहरीद्वारा कडा चेकिङ गरिएको छ । महेन्द्रपुल, चिप्लेढुङा, पृथ्वीचोक लगायतका पोखराका मुख्यचोकमा प्रहरी तैनाथ छन् । महिलाहरुको महान पर्व हरितालिका तीजमा एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई समेत केरकार गरिएको छ । अतिआवश्यक बाहेकका सबै सवारी साधनलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सवारीहरुलाई साँझ ६ बजे छोड्ने जानकारी गराउँदै सवारीधनीहरुलाई भने हिँड्दै फिर्ता पठाइएको छ ।

roma

मर्र्निङवाक गर्नेहरुलाई समेत छाडिएको छैन । निषेधाज्ञाका विषयमा थाहा नभएका केहीलाई जानकारी गराएर छोड्ने गरिएको ड्युटीमा खटिएका एक प्रहरीले बताएका छन् । सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका सर्वसाधारणलाई समेत परिचयपत्र हेरेर छोड्ने गरिएको छ । बाटोमा पैदल हिँड्नेहरुलाई समेत प्रहरीले सोधपुछ गरिरहेको छ ।

ICAS

तीज पर्वका नाममा जथाभावी हिड्नेलाई समेत कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी गराएका छन् । उनका अनुसार विहिबारमात्र कास्कीमा ६३ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ, जसमध्ये २० वटा दुई पाङ्गे्र सवारी साधन छन् भने ४ पाङ्गे्रको संख्या ४३ रहेको छ । आज बिहान पनि केही सवारीसाधनलाई नियन्त्रणमा लिइएको तर यकिन तथ्याङ्क आफु पाईनसकेको उनले बताए ।

pokhara internet
Comments
Loading...