पोखरामा प्राविधिक शिक्षा सचेतना अभियानको शुभारम्भ, विद्यार्थीहरुको उल्लेखनीय सहभागिता

 

पोखरा । पोखरामा प्राविधिक तथा व्यवसायिक शिक्षाको बारेमा जानकारी दिने उद्देश्यले आजदेखि जनसचेतना अभियानको शुभारम्भ गरिएको छ । ‘सीप हुन्छ हातमा रोजगारी साथमा’ भन्ने नाराका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले पोखरा प्राविधिक शिक्षालय मार्फत जनचेतना अभियान सञ्चालन गरेको हो ।
पोखरा, जनकपुर र टिकापुरमा पाइलट प्रोजेक्टको रुपमा सुरु गरिने भनिएको अभियानको बुधबार पोखरादेखि सुरु गरिएको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले एक कार्यक्रममा बीच अभियानको शुभारम्भ गरेका हुन् ।

roma

शुभारम्भ कार्यक्रममा बोल्दै उनले अबको युग सीप र प्रविधिको युग भएकोले सीपमा पनि नविनतम सोच आवश्यक रहेको बताएका छन् । प्रमाणपत्र बोक्नेहरु बेरोजगार भइरहेको परिवेशमा हातमा सीप हुनेहरु आत्मनिर्भर भएर सहज जिविकोपार्जन गर्न सफल भएको कयाँै उदाहरण रहेको उनले उल्लेख गरे ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल ब्रजाचार्यले रोजगार दाता र उत्पादित प्राविधिक जनशक्ति बीच समन्वय हुन सके मात्र गुणात्मक परिणाम आउने बताएका छन् । ब्रजाचार्यका अनुसार उत्पादिन जनशक्तिको शतप्रतिशत रोजगारको अवसर सृजना गर्न र प्राविधिक शिक्षा तर्फ युवाहरुको आर्कषण बढाउन सचेतना अभियानले ठूलो भूमिका खेल्ने विश्वास रहेको उनले जिकिर गरे ।
पोखरा प्राविधिक शिक्षालयका प्राचार्य जीवन भण्डारीले देशमा उत्कृष्ट प्राविधिक जनशक्ति उत्पादन गर्ने पर्यटन प्राविधिक शिक्षालयको रुपमा रहेको बताए । पर्यटन क्षेत्रमा उत्कृष्टता केन्द्रको रुपमा विकास गर्ने उद्देश्य सहित अभियान अघि बढेको उल्लेख गरे । अभियानले आगामि दिनमा पर्यटनलाई सीपसँग जोडिन चाहने युवालाई आर्कषण गर्न ठुलो भुमिका खेल्न मद्दत पुग्ने धारणा व्यक्त गरे ।

ICAS

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्राविधिक शिक्षा प्रति अझै पनि सकारात्मक सोचको विकास हुन नसकेको श्रेष्ठले उल्लेख गरे । कम पढेको र कहि कतै जागिर नपाएकाले मात्रै सीप सिक्ने भन्ने परम्पराग सोचाइका कारण प्राविधिक शिक्षाको महत्व ओझेलमा परेको उनले जानकारी दिए ।
महिला पर्यटन व्यवासायी मञ्चका अध्यक्ष जमुना पराजुलीले सम्बन्धित दक्ष जनशक्तिलाई देश भित्रै रोजगार प्रदान गर्न वातावरणमा सरोकारवाला निकाय बीच समन्वय जरुरी रहेको उनले बताइन् ।

parichay

कार्यक्रममा बोल्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद गण्डकी प्रदेशका प्रमुख रामहरी देवकोटाले सिटिइभिटीले दिने शिक्षाको बारेमा अझै पनि आम नागरिकल जानकार नभएको बताएका छन् । यो अभियानले विभिन्न गतिविधिका मार्फत प्राविधिक शिक्षालय वरपरका क्षेत्रमा रहेका सामुदायिक विद्यालय, रोजगारदाता तथा स्थानीय समुदायमा पायलटिङ गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रम सिटिभिटिमा विद्यार्थीले तयार गरेको खाना तथा पेय पदार्थ प्रदर्शन, सीप प्रतिष्पर्धा, इन्जिनियरीडको प्रदर्शन, नर्सिडको प्रदर्शन, हस्पिटालिटि र टुरिज्म क्षेत्रको विभिन्न सामाग्रीहरु प्रर्दशनीमा रहेको थियो । अभियानमा विभिन्न स्कुलका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा टान पश्चिमाञ्चलका अध्यक्ष हरी भुजेलल, फोरम फर टेक्निकल एजुकेशन गण्डकी प्रदेश प्रमुख टंक अधिकारी लगायतले बोलेका थिए ।
टिभेट पत्रकारिता पुरस्कार :
यो अभियान अन्र्तगत नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको प्रवद्र्धनमा नेपालका आमसञ्चारकर्मीको योगदानलाई प्रोत्साहित गर्नका लागि टिभेट जनसचेतना अभियान अन्तरगत टिभेट पत्रकारिता पुरस्कारको स्थापना गरिएको छ ।
यो पुरस्कार नेपालभरि प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमका सम्बन्धमा गुणस्तरिय पत्रकारितालाई प्रोत्साहित गर्नु यसको लक्ष्य रहेको महाशाखाका उपनिर्देशक अनिल बज्रचार्यले जानकारी दिए । प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम सम्बन्धमा मुलुकभरि प्रभाव पार्न सक्ने समाचार सामाग्रीलाई सर्वोत्तम समाचारका लागि ५० हजार रुपैयाँ नगद र टिभेट राष्ट्रिय सर्वोत्तम समाचार पुरस्कार प्रदान गरिने छ ।
यसैगरी युवाहरु विशेषगरी लिङ्ग वा वर्ग वा जातिगत आधारमा वा अपाङ्गता भएका कारण मुलधारको समाजबाट पछाडि पारिएका सीमान्तिकृत समुदायका तथा दुर्गम क्षेत्रका विपन्न युवालाई प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमबाट प्राप्त हुने अवसरका विषयवस्तुको प्रचारप्रसार गर्ने जनकपुर, पोखरा र टिकापुरका एक एक जना पत्रकारलाई जनही १५ हजार रुपैयाँ सहित सर्वोत्तम समाचारको पुरस्कार दिइने घोषणा गरिएको उनले जानकारी दिए ।

pokhara internet
Comments
Loading...