पोखराका ३० सहित गण्डकी प्रदेशमा ४६ जनामा कोरोना संक्रमण

पोखरा / 

गण्डकी प्रदेशमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ जिल्लामा संक्रमण देखिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्कीमा ३० जना, तनहुँमा दुई जना, गोरखामा ९ जना र नवलपरासी पूर्वमा ५ जनामा कोरोना देखिएको हो । यो सँगै प्रदेशमा संक्रमितको संख्या ५ हजार ५ सय ४७ पुगेको छ ।

पोखरा महानगरपालिका वार्ड २९ का ३४ वर्षीय पुरुषको ग्राीन पास्चर अस्पतालबाट, वार्ड नं ११,१६,२२,९,७,२७ र २ का ३२,२०,२४,३५,२६,२२,३२,५,५२,२२,४७,३२ वर्षीय महिलाहरु र २४,२९,३० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखराबाट र तनहुँ बन्दीपुर १ का ५३ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालबाट नमुना संकलन गरिएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।

ICAS

पोखरा महानगरपालिका २९,१९ र १६ का ३७,२०,४४,४५ वर्षीय पुरुष र ३० वर्षीय महिला साथै गोरखा ११ का ३९ वर्षीय पुरुष भारतबाट आएको खुलेको छ । नवलपरासी पूर्व गैंडाकोठ ४ का ४१ वर्षीय पुरुष साउदीबाट आएका हुन् । गोरखा ८ का ४२ वर्षीय पुरुष नेपाल आर्मी र वार्ड नं ७ का २९, ३६ र २५ वर्षीय पुरुषहरु नेपाल प्रहरीमा कार्यरत रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए । उनका अनुसार बाँकी संक्रमित कन्ट्याक ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।

pokhara internet
Comments
Loading...