ICAS
Rara

राष्ट्रिय दलित पत्रकार प्रदेश भेला शुरु

पोखरा । राष्ट्रिय दलित पत्रकार संघ दलितहरुको आवाजलाइ उजागर गर्नका लागी गरिएको नेपालको पहिलो गण्डकी प्रदेश भेला समपन्न भएको छ ।

प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आफ्नै वंश भित्र आफ्नै दाजुभाइलाइ किन यस्तो बनाइयो भनेर प्रश्न गरे । विभेद पुर्ण लडाइमा आवाज उठाउने सर्वजित भगतले २००३ सालदेखी आवाज अठाएको व्यक्तिको अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।’मानिसले नै बनाएको हुदा मानिसले नै परिवर्तन गर्न सक्ने र त्यो जरुरी छ, दलित किन भनिएको हो र दलित शव्द किन लेखिने यो विषयमा समेत ध्यान जानु जरुरी छ’ शेरचनले भने -दलित शव्द किन प्रयोग गर्ने विचार गर्नुस तपाईहरु नेपालका प्राविधिकका सन्तान हुनुहुन्छ’ । दलितको आवाज नेपालमा मात्र नभइ विस्वमै चर्चाको विषय बनेको उनले सुनाए ।

govnotice
parichay

पारिश्रमिक निर्धारण समितीका निवर्तमान अध्यक्ष गंगाधर पराजुलीले कानुनले जातीय विभेद हटाएपनी मानिसहरुले व्यहारमा लागु नगरेको बताए । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले प्रदेश समिती गठन गर्दै गर्दा केको लागी गठन गरेको बुझ्न आवश्यक रहेको बताए । पार्टीगत हिसाबले गठन गर्दा मुल आवाज जे हो त्यो आवाज कुण्ठित हुँदै आएको बताउदै निस्वार्थ भावनाले समिती गठन गर्न आग्रह गरे । राजनीति पार्टीको एजेन्डाको रुपमा लागे दलित उत्थान नहुने बताए । कानुनले बिभेद नभएपनी व्यहारमा लागुगर्न आवश्यक रहेको बताए । ज्ञवालीले संसदमा मिडिया विधेयक सच्याएकोमा धन्यवाद समेत व्यक्त गरे । संघीय समाजवादी पार्टी केन्द्रीय सदस्य डि वि नेपालीले पत्रकारिताको क्षेत्रमा राजनिती नगरी दलित हकहितको लागी पत्रकारिता गर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल अध्यक्ष विनोद पहारी ,गण्डकी प्रदेश सभासदस्य जुना देवि नेपाली, गण्डकी प्रदेश सभासदस्य डोवटी विश्वकर्मा लगायतले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमका अध्यक्षता दलित पत्रकार संघका केन्द्रीय सदस्य दिपक परियारले गरेका थिए । सम्मेलनले प्रदेश कार्यसमित समेत चयन गर्ने छ ।

pokhara internet
Comments
Loading...