NTHMC
aama movie

पर्यटन परिषदले भन्यो, ‘एक्यापलाई विश्व सम्पदा सूचीमा समावेश गरियोस्’

पोखरा/

अन्नपूर्ण संरक्षित क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पोखरा पर्यटन परिषदले माग गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउँदै परिषदले यस्तो माग गरेको हो ।

यसका लागि सम्भाव्यता अध्ययन गर्न तत्काल शुरु गर्नुपर्ने परिषदको माग छ ।

कास्की लमजुङ, मनाङ् मुस्ताङ् र म्याग्दी जिल्लालाई समेटेको अन्नपूर्ण संरक्षित क्षेत्र ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रफलमा छ । यो क्षेत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगत अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाले काम गरिरहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगत एक्याप लगायत मनास्लु संरक्षण क्षेत्र परियोजना, गौरीशंकर संरक्षण क्षेत्र परियोजना, शुक्लाफाँटा संरक्षण क्षेत्र परियोजना, वर्दिया संरक्षण कार्यक्रम केन्द्रीय चिडियाखाना र जैविक विविधता संरक्षण केन्द्र परियोजना सञ्चालित छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको क्षेत्रमा अधिकांश आदिवासी जनजाति समुदायको बाहुल्य । स्थानीय उत्पादनको प्रवद्र्धन तथा वातावरण संरक्षण यसको मुख्य उद्देश्य हो । अन्नपूर्ण संरक्षण क्षेत्रलाई नेपालकै सबैभन्दा ठुलो संरक्षण क्षेत्र मानिन्छ ।

एक्याप लगायत मुस्ताङ्को ल्हो–मान्थाङ् दरवार, मुक्तिनाथ दरवार र गोरखाको गोरखा दरवारलाई पनि विश्व सम्पदा सूचीमा राख्न परिषदले माग गरेको छ । पोखरा पर्यटन परिषदमा पर्यटनको क्षेत्रमा काम गर्ने १२ संस्था आवद्ध छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?