ICAS
Rara

दुई प्रेमिल गजल

राजु पौडेल,

सूचना नै नभनी तिमि आएपछि
मधुरो भो चाँदनी तिमि आएपछि

टुकी बल्दा जुनकिरी आफैसँग झुक्कीएझै
झुक्कीएछु म पनि तिमि आएपछि

मेरो उदास मुहार देखि उदास थियो सधै
मुस्कुरायो आँगनी तिमि आएपछि

छोडीदिए आजभोली सराव पिउन छोडीदिए
जिन्दगीमा नसा बनि तिमि आएपछि

aama movie

यस्तो लाग्थ्यो आँफुपनि आँफैसँग छैन जस्तो
पाए एउटा जीवनी तिमि आएपछि
……………..

हिउँ थियो बद्लिदियो तिमि मुस्कुराउँदा
पानी बन्यो जीन्दगी यो तिमि मुस्कुराउँदा

हेरे जस्तो मान्यो होला ऐना पृथ्वीमा
जून पनि अल्मलियो तिमि मुस्कुराउदाँ

आफ्नै पिक्का लाग्यो नजर जुधेपछी
मदिराले आगो पियो तिमि मुस्कुराउँदा

सास फेर्न गार्हो भयो छाती छामी हेरे
मेरो धडकन कहाँ थियो तिमि मुस्कुराउँदा

किसानको झुपडीमा धिपधिप गर्थ्यो दियो
चर्को बल्यो तेल थपियो तिमि मुस्कुराउँदा

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?