ICAS
Rara

कविता – नआत्तिऔं नअत्याऔं, कोरोना भाइरस बुझौं

नआत्तिऔं नअत्याऔं, कोरोना भाइरस बुझौं,
आफु पनि बचौं , अनि अरुलाई नि बचाऔं ।
रुघा खोकी लाग्दैमा, ज्वरो केहि आउदैमा,
कोरोना भाइरस हुदैन,सास फेर्न गाह्रो हुदैमा ।

बिदेशबाट फर्क्या भए, बिदेसीलाई भेट्या भए,
क्वारेन्टाइनमा बसौं हजुर,अलि शंका लाग्या भए ।
ज्वरो आए खोकी लागे, घरमै आराम गरौं,
अलि बढि रोगले च्यापे अस्पताल जाऔं ।

govnotice

हॉंच्छ्यू गर्दा खोक्दा अनि हात मिलाउदा,
भाइरस सर्न सक्छ हजुर एउटै रुमाल प्रयोग गर्दा ।
अत्यावश्यक काम नपरे घर भित्र नै बसौं,
हिड् डुल भेटघाट यात्रा कार्य अलि कम गरौं ।

parichay

साबुन पानीले हात धोऔं,भिड्भाड्मा नजाऔं,
माछा मासु अण्डा हजुर ,राम्ररी पकाई खाऔं ।
सभा सम्मेलन भोज भत्तेर गोष्ठि सेमिनार,
स्थगित गरौं सबै कार्य , हुने भिडभाड ।

पशुपंक्षि ,जनावरबाट अलि टाढै बसौं,
स्याहार सुसार गर्दाखेरि पन्जा प्रयोग गरौं ।
हल्लाको पछि नलागौं, खाध्य संचिति नगरौं,
कृत्रिम अभाव सिर्जना गरे कारबाहि हुन्छ जानौं ।

धैर्य गरौं, संयमता अपनाऔं,
यस्तो बेला आतंकित नपारौं ।
उठौं जागौं जिम्मेवार नागरिक बनौं ,
कोरोना बिरुद्दको लडाईमा सहकार्य गरौं ।

  • दिपेन्द्र श्रेष्ठ  (अध्यक्ष–नेपाल पत्रकार महासंघ, कास्की)
pokhara internet
Comments
Loading...